दुल्लुमा सार्वजनिक सुनुवाई,सात बुदे प्रतिबद्धता

जिल्ला बिकास समिति दैलेख र दुल्लु नगरपालिकाको संयुक्त आयोजनामा यस आवको पहिलो चौमासिकमा भएका गतिविधिहरुको     बारेमा सार्वज्निक सुनुवाई सम्पन्न भएको छ ।
दोणाचल शिक्षा क्याम्पस दुल्लु कात्तिक २४ गते सम्पन्न सुनुवाईमा ७ बुदे प्रतिबद्धता गरिएको छ । जिल्ला बिकास समिति दैलेख भन्दा दुल्लु नगरपालिकाका बारेमा सहभागिहरुले जिज्ञासा राखेका थिए ।
धमाका  दैनिकको सहजिकरणमा इलाका नं ८ अन्तर्गत द्रोणाचल क्याम्पसको प्रांगणमा  सम्पन्न सार्वजनिक सुनुवाईमा दुल्लु नगरपालिकामा स्विकृत दरवन्दी अनुसार निष्पक्ष रुपमा कर्मचारी नियुक्ति गर्नुपर्ने, दुल्लु अस्पतालमा एम्बुलेन्स विग्रिएकोले तत्काल नयाँ एम्बुलेन्स माग गरि सेवा संचालन गर्ने, बिकास निर्माण प्रक्रियालाई चुस्त बनाउनका लागि अुनगमन संयन्त्र निर्माण गरि सुरुवातदेखि अन्त्य सम्म बिभिन्न पाटोमा अनुगमन गर्ने, लक्षित वर्गको रकम सडक, विद्यालयमा खर्च गर्ने परिपाटी पुर्ण रुपमा बन्द गर्ने लगायतका प्रतिबद्धताहरु गरिएका छन् ।
सेवा ग्राही नागरिक, राजनीतिक दल, विषयगत कार्यालयहरुको प्रमुख एवं प्रतिनिधिको सहभागिता थियो ।
नागरिकहरु बाट प्राप्त भएका गुनासाहरुको सम्बोधन विषयगत कार्यालयहरुको तर्फबाट जवाफदेहि बक्ताको रुपमा जिल्ला विकास समितिको तर्फबाट निमित्त स्थानीय विकास अधिकारी बाबुराम नेपाली, दुल्लु नगरपालिकाका कार्यकारी अधिकृत दिपेन्द्र शाही, इलाका प्रशासन कार्यालय का शाखा अधिकृत गंगाराम गिरी, दुल्लु अस्पतालका प्रमुख गोवर्धन थापा, इलाका प्रहरी कार्यालय दुल्लुका प्रहरी निरिक्षक दिपक थापा लगायतको उपस्थिती रहेको थियो ।
कार्यक्रमको पर्यवेक्षणका लागि स्थानीय सरकारको जवाफदेहिता अभिबृद्धि परियोजना दैलेखका फिल्ड सुशासन अधिकृत चक्र.जि.सी र यूवराज शाहीको उपस्थिती रहेको थियो भने जिल्ला सुशासन विज्ञ जनक भट्टराई पत्रकार महासंघ दैलेखको काषाध्यक्ष       कविराज वि.सी. लगायतको उपस्थिती रहेको थियो ।
कार्यक्रमको सहजीकरण धमाका दैनिकका सम्पादक बिष्णु शर्माले गरेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार