सँस्कृति जोगाउने अभियान महत्वपुर्ण तर सम्वन्धित निकाय मौन

बाह्य सँस्कृतिको व्यापक आगमनले गाउँका दुर दराजमा लुकेका सँस्कृतिहरु समेत आजभोली मासिदै जान थालेका छन् । कतिपय सँस्कृति जोगउने नाममा थप बिकृतिहरु भित्रन थालेका छन् । युवा युवतीहरुले सँस्कार र सँस्कृतिहरु विर्सदै जान थालेका छन् । १० बर्ष अघिको सँस्कार र सँस्कृतिको मात्र तुलना गर्ने हो भने अहिले धेरै परिवर्तन भएको देखिन्छ । अँझै पनि कतिपय स्थानहरुमा यस्ता सँस्कृतिहरु जगेर्ना गर्ने अभियान थालिएको छ तर सम्वन्धित निकायहरुले भने ठोस कार्ययोजना निर्माण गर्न नसकेका कारण कतिपय कला सँस्कृतिहरु अन्यौलमा पर्दै जान थालेका छन् ।
दैलेख कला र सँस्कृतिका हिसावले धनी जिल्ला भित्र परेको भएपनि राज्यका सम्वन्धित निकायहरुले यसको उठानका लागि कुनै ठोस कार्य गर्न नसकेको देखिन्छ । पर्यटन, कला र सँस्कृति सँगै धार्मिक आस्था र भरोसाले पनि दैलेखको पहिचान भिन्दा भिन्दै बनाएको छ । बिभिन्न जात जातीको उद्गम स्थलको रुपमा रहेको दैलेखलाई राज्यले गर्ने व्यवहारमा तत्काल परिवर्तन गर्न सक्नुपर्दछ ।
दैलेखमा दुई सय बर्ष पुरानो मानिने बर्षे मेला अहिलेपनि जिवीत राख्नका लागि युवा पुस्ताहरुले संस्कृति संरक्षण र संवृधनमा चासो देखाउन थालेको भएपनि यसको राम्रो व्यवस्थापन हुन सकेको देखिदैन् । यसको पुर्ण व्यवस्थापन गर्नको लागि स्थानीय निकायहरुले अलि बढी चासो र चिन्ता गर्नुपर्ने देखिन्छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार