सुर्खेत, ११ भदौँ ।
सुर्खेतको पश्चिम गाविस कुनाथरीको (बड्डीचौर)बजारमा बसले किचेर एक बालकको घटना स्थलमै मृत्यु भएको छ । शनिबार वीरेन्द्रनगर देखी पश्चिमको गुटु तर्फ जादै गरेको मध्यपश्चि यातायात व्यवसायी संघ द्धारा संचालित ना ३ ख ५८६० नम्बरको बसले किचेर ६ वर्षिया बालक मनोज विकको घटना स्थलमै मृत्यु भएको हो । बस चालकलाई प्रहरीको नियन्त्रणमा राखिएको जिल्ला प्रहरीका कार्यालयका सुर्खेतका डिएसपी बहादुर जंग मल्लले बताए । यस्तै शनिबार दिउसो ४ बजे जाजरकोटमा ट्याक्टर दुर्घटना भएको छ । दुर्घटनामा परी ट्याक्टरका सहचालक घाइते भएका छन । थाप्लेका भीम शाहको घरको बालुवा गिट्ट्ी झारेर त्रिभुवन उच्च माध्यामिक विद्यालयको फिल्डमा लु १ त ९४२४ नम्बरको ट्याकटर पल्टीएको थियो । तिब्र गतीमा रहेको ट्याक्टर चौरमा मोड्दा सहचालक भेरीमालिका नगरपालीका २ का अजराज विक घाइते भएको जाजरकोट प्रहरीले जनाएको छ । घाइते विकको जिल्ला अस्पतालमा उपचार भैरहेको छ ।









