१२ भदौ, काठमाडौं ।
के तपाई बैंकमा पैसा राखेर ढुक्कसँग बस्नुभएको छ रु बैंकहरुले व्याज दिइरहेकै छन्, व्याज खाएरै बसिन्छ भन्ने सोचमा हुनुहुन्छ रु त्यसोभए एकपटक सोच्नुहोस् । तपाईले बैंकमा राखेको पैसा बढेको छैन घटिरहेको छ । तर, नआत्तिनोस्, बैंकहरुले बदमासी गरेर तपाईले राखेको पैसा घटाएका भने होइनन् । बढ्दो उपभोक्ता मूल्यवृद्धि र बैंकहरुले दिने व्याजदरबीच तालमेल नमिलेका कारण तपाईँले बैंकमा पैसा राख्दा घाटा व्यहोर्नु परेको हो ।अहिले बैंकहरुले निक्षेपमा औषत ३.२८ प्रतिशत व्याज दिन्छन् । जसअनुसार एक वर्षअघि तपाईले कुनै बैंकमा १ लाख रुपैयाँ निक्षेप राख्नु भएको थियो भने अहिले तपाइँको पैसा बढेर १ लाख ३ हजार २ सय ८० रुपैयाँ भएको छ ।
तर, तपाईले एक वर्षअघि एक लाख रुपैयाँमा जति सामान किन्न सक्नुहुन्थ्यो । त्यति सामान किन्नका लागि अहिले १ लाख ९ हजार ९ सय रुपैयाँ खर्च गर्नुपर्छ । किनभने अहिले मुलुकको औषत मुल्यवृद्धिदर ९.९ प्रतिशत छ । जसअनुसार एक वर्षअघि तपाईले बैंकमा १ लाख रुपैयाँ राख्नु भएको थियो भने अहिले तपाईले ६ हजार ६ सय २० रुपैयाँ गुमाउनु भएको छ ।तपाईले बैंकमा पैसा राख्दा बढेको देखिए पनि महंगीका कारण त्यसको मौद्रिक मूल्य (मनिटरी भ्यालू) भने घटेको हो । किनभने बैंकले दिने व्याजदर तपाईको आम्दानी हो भने महंगीको वृद्धिदर तपाईको खर्च हो ।
त्यसैले अहिले बैंकमा निक्षेप राखेर पैसा कमाइ हुन्छ भनेर बस्नु भयो भने तपाईँको पैसाको मौद्रिक भ्यालु वर्षेनी खिइँदै जाने निश्चित छ । अर्थतन्त्रको भाषामा यसलाई ऋणात्मक व्याजदर भनिन्छ, जुन डेढ दशकदेखि विद्यमान छ ।मुलुकमा राजनीतिक स्थायित्व हुन नसक्दा लगानीको वातावरण बन्न सकेको छैन । जसकारण बैंकहरुसँग लगानी योग्य पुँजी ९अधिक तरलताको० चाप छ । जसले व्याजदरलाई न्यून विन्दूमा झारेको हो ।अस्थिर राजनीतिकै कारण मुलुकको आर्थिक वृद्धिदर भने खुम्चिरहेको छ । अहिलेको मुलुकको आर्थिक वृद्धिदर ०।७७ प्रतिशत मात्रै हो ।
व्याजदर बढाउन करिडोर
मूल्यवृद्धिभन्दा बैंकले दिने व्याजदर कम हुनु भनेको अर्थतन्त्रका लागि गंभीर समस्या भएको बताउँछन्, राष्ट्र बैंकको राष्ट्र ऋण व्यवस्थापन विभागका कार्यकारी निर्देशक डा। मिनबहादुर श्रेष्ठ ।त्यसैले व्याजदर बढाउने उद्देश्यले राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीतिमा व्याजदर करिडोर ल्याएको उनको भनाई छ ।‘हामीले विगतदेखि नै ऋणात्मक व्याजदरको समस्या भोग्दै आएका छौं । जुन अर्थतन्त्रका लागि घातक हो,’ श्रेष्ठले भने- ‘करिडोर लागू भएपछि कुनै निश्चित सीमाभन्दा माथि र तल व्याजदर जाँदैन भन्ने ग्यारेन्टी मात्रै हुँदैन, विस्तारै व्याजदर बढ्दै जानेछ । मुल्यवृद्धिभन्दा बढी निक्षेपको व्याजदर हुनुपर्छ भन्ने हाम्रो सोचाइ हो ।’राष्ट्र बैंकले व्याजदर करिडोर लागू गरेकोा तीन हप्ता भइसकेको छ । करिडोर कार्यान्वयन भएसँगै बैंकहरुले केही व्याजदर बढाउन थालेका छन् ।तर, अझै पनि निक्षेपकर्ताहरुले महशुस हुनेगरीको व्याजदर बढ्न सकेको छैन । र, तत्काल बढ्ने सम्भावना पनि देखिँदैन । यसरी व्याजदर घटेका बेला बैंकमा पैसा राख्नुभन्दा केही जोखिम मोलेर सेयरमा लगानी गर्ने हो भने मालामाल कमाउन सकिने सेयर विश्लेषक रविन्द्र भट्टराई बताउँछन् ।









