जेसीभी खसेर चालकको मृत्यू

दैलेखको अवलपराजुलमा नहर खन्दै गरेको जेसीभी खस्दा चालकको मृत्यू भएको छ । मृत्यू हुनेमा अवलपराजुल गाविसकै वडा नं. ५ का २४ वर्षीय चालक पूर्णबहादुर बुढा रहेको प्रहरीले जनाएको छ ।
अपरपराजुली खोला लघुजलविद्युतको नहर खन्ने क्रममा ताउले भन्ने ठाउँमा बा २ क ९२४ नम्वरको जेसीभी डुंगेश्वर खोलामा खस्दा उनको घटनास्थलमै मृत्यू भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक भुवनेश्वरप्रसाद साहले बताए ।अवलपराजुल गाविस(४ बासखर्कमा निर्माणाधीन सो आयोजनाले ४० करोड बराबरको लागतमा साढे २ मेगावाट विद्युत उत्पादन हुने बताइएको छ । आयोजना २०७४ मा निर्माण गरी सक्ने लक्ष्य लिएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार