राष्ट्रिय कर दिवस मनाइयो

पाचौ राष्ट्रिय कर दिवस सुर्खेतमा प्रभातफेरी संगै कोण सभा गरि मनाइएको छ । कोण सभामा बोल्दै सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश अधिकारीले व्यापारी तथा कर शिक्षा सम्बन्धी प्रशिक्षणलाई व्यापक बनाउनुपर्नेमा जोड दिएका छन् ।उनले अधिकांश करदाता करनीतिबारे जानकार नरेको बताउदै यस्तो आवश्यक्ता औल्याएका हुन् ।
राजस्व अनुसन्धानबाट छापामार्ने निहुँमा बन्दूकसहित छापा मारेर शैलीमा व्यापारीलाई नै आतंकित पार्ने काम हुने गरेपनि निजी क्षेत्रको कडा विरोधपछि हाल सुधार आएको छ उनले भने हरेक व्यापारी र नागरिक कर तिर्न तयार छन, तर करदाताले तिरेको कर कहाँ कसरी खर्च हुन्छ त्यसको जानकारी लिन चाहेको बताए । कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी गंगाप्रसाद अधिकारीले हरेक नागरिक करदाता भएको भन्दै हाम्रो करले अति विपन्न वर्गको विकासका लागि प्रयोग गर्नुु राज्यको दायित्व भएको उल्लेख गरे । यस्तै कर कार्यालय सुर्खेतका कर अधिकृत यज्ञराज ढकालले सुर्खेतमा गत वर्षको तुलनामा यस वर्ष २५ दशमलव ५ प्रतिशतले कर अशुलीमा वृद्धि भएको जानकारी दिएका छन् ।“गौरवका साथ तिरौं कर,समृद्ध राष्ट हाम्रो रहर” भन्ने नाराका साथ शुरु भएको राष्ट्रिय कर सप्ताहको पहिलो दिन बुधवार विहान सुर्खेत उद्योग वाणिज्य संघ र कर कार्यालय सुर्खेतको सहभागितामा मंगलगढी चौकबाट शुरु भएको प्रभातफेरी वीरेन्द्रचौकमा पुगी समापन थियो । सरकारले मूल्य अभिवृद्ध कर भ्याट लागू गरेको दिनको अवसर पारेर वर्षेनी मंसिर १ गते राष्ट्रिय कर दिवस तथा सप्ताह मनाउने गरिन्छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार