विद्यार्थीलाई जीवन उपयोगि सिप

SAMSUNG CAMERA PICTURES
वर्तमान शिक्षा पद्धति मागमा आधरित नभई पुर्तिमा आधारित भएको भन्दै विभिन्न शिक्षा विदहरुले बहस गर्ने गरेको सन्र्दभमा दैलेखमा व्यत्तित्व विकासका लागि १३ देखि २२ वर्ष उमेर समुहका वावालिका र युवाहरुलाई जिवन उपयोगी सीप विकास तालिम प्रदान गरिएको छ ।
भविष्यको लक्ष्य निर्धारण गर्नको लागि आजका वालवालिका तथा युवाहरु अनभिज्ञ भएको बेलामा जीवन उपयोगी सीपको आवश्यकभएको भन्दै सो तालिमको आयोजनागरिएको हो ।
सेभ द चिल्ड्रेन र एभरेष्ट क्लव, दैलेखको संयुक्त साझेदारीतामा संचालितयुवा सशक्तिकरण परियोजनाले कार्यक्षेत्रका गुराँस गाउँपालिका, दुल्लु नगरपालिका, चामुण्डा विन्द्राशैनी नगरपालिका, ठाटिकाँध गाउँपालिका र आठविसकोट नगरपालिकाका ११ वटा माध्यामिक विद्यालयमा अध्ययनरत ३३० वालवालिकार सोही स्थानका २१० युवाहरुलाई १४ शेशनको जीवन उपयोगी तथा विक्ति शिक्षा सम्वन्धिको तालिम प्रदान गरिएको कुरा आयोजक संस्थाका कार्यक्रम संयोजक टेकराज आचार्यले वताए ।
कार्यक्रममा सहभागीहरुले मेरो परिचय पुस्तक समेत तयार गरि व्यक्तित्व विकासका लागि आवश्यक सीपहरु, निर्णय क्षमता, समस्या समधान गर्ने सीप, सम्वेग नियन्त्रण सीप, समालोचनात्मक सीप, प्रभावकारी संचार आदी सीपका साथै वचत गर्ने वानी, तरिका र वचतको महत्वको बारेमा जानकारी भएको कुरा तालिममा सहभागी चामुण्डा विन्द्राशैनी नगरपालिकाका ३ की चन्द्रा ज्ञावलीले वताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार