यसपालिको असार अन्य समयको भन्दा केही भिन्न तरिकाले सम्पन्न भएको छ । असारे बिकासको चर्को रुपमा आलोचना हुने गरेको भएपनि कतिपय स्थानहरुमा राम्रो सदुपयोग भएको देखिएको छ । मुलुकका बिभिन्न स्थानहरुमा स्थानीय निर्वाचनको चटारो समेत असारकै समयमा परेका कारण बिगत बर्ष झै यसपालि असारे बिकासले त्यती धेरै चर्चा परिचर्चा कमाउन सकेन् । जिल्लाका सन्र्दभमा कुरा गर्ने हो भने पनि बिगतको भन्दा केही सुरक्षीत मानिएको असारको बिकासको प्रभावकारीताको भने चिन्ता गरिएको छ ।
यसपालिको असारलाई अधिकाँस सरकारी कर्मचारीहरुले अन्तिम असारको रुपमा लिएका कारण पनि त्यती धेरै कडिकसाई नगरेको भने स्पष्ट देखिएको छ ।
प्राविधिकहरुले गरेको मुल्याँकनलाई आधार मान्दै कामको भन्दा प्राविधिक कुरा धेरै प्रभावकारी भएको देखिएको छ । कतिपय सडकका पुर्वाधारहरु र अन्य सडकमा गरिएको लगानी प्रभावकारी नभएको भन्दै बहस र छलफल भैरहँदा समेत भुक्तानी भएका कतिपय घटनाहरुले बिकासमा दिगोपना नहुनेमा आशंका पैदा भएको देखिन्छ । कतिपय स्थानहरुमा कामको तालमेल नभएका कारण पनि उपभोक्ता समितिका पदाधिकारीहरुले दुःख पाएका घटनाहरु पनि चर्चामा आएका छन् । लामो समयदेखि काम सम्पन्न नभएका र क्रमागत रकम आउने कतिपय ठूला योजनाहरुमा पनि यसपाली प्रभावकारीता नभएको देखिएको छ । नमूना वस्ति बिकास देखिका अन्य बिभिन्न बिकासका गतिविधिहरुका बारेमा गत बिगत बर्षमा जती धेरै चर्चा परिचर्चा हुने गरेको भएपनि यो बर्ष भने कुनै पनि बिकासे योजनाहरुमा चर्चा परिचर्चा नभएर रकम फरफारक भएका छन् ।
यसले पनि कही कतै आशंका गर्ने ठाउँ एकातिर देखिएको छ भने अर्कोतर्फ गत बिगत बर्ष भन्दा केही सुधारउन्मुख भएकोले पनि चर्चा कम भएको बिश्लेषण गरिएको छ ।








