दैलेख उद्योग वाणिज्य संघ दैलेखको चुनाव नजिकिदै गर्दा दैलेख सदरमुकामा तातीएको छ । निर्वाचनमा दुई प्यानल प्रतिपस्र्धा गदैछन् । नेकपा एमाले र नेकपा माओवादी केन्द्र निकटका व्यापारीहरु र नेपाली काँग्रेस, राप्रपा र जनमोर्चा निकटका व्यापारीहरुको दुईवटा प्यानलमा चुनावी गणित सहित प्रचार प्रसार अभियान तीव्र बन्दै गएको छ । चुनावको मिति नजिकिदै गएपछि दुबै प्यानल कसरी मत तान्ने भन्ने कसरतमा देखिएका छन् । निर्वाचको मिति नजिकिएपछि प्रगतिशिल प्यानल आन्तरिक गृहकार्यमा ब्यस्त भएको बेला साझा प्यानल घरदैलो गर्दै हिडेको छ । चुनावलाई लक्षित गर्दैै प्रगतिशिल उद्योगी व्यापरीहरुको साझा प्यानलले दैलेखको जिल्लाका ११ तहका ब्यापारी संग प्रत्यक्ष कुराकानी पश्चात सदरमुकाममा अन्य तयारीका साथ लागेको छ । साझा प्यानले पनि जिल्लाका सबै क्षेत्रमा घुमे पश्चात सदरमुकाममा मत माग्न ब्यस्त देखिएको छ ।
प्रगतिशिल उद्योगी व्यापारीको साझा प्यानलको तर्फबाट अध्यक्ष नरेन्द्र थापाले आफुहरु जाँदा ब्यवसायीहरुको अपार माया पाएकाले आफु चुनाव जित्नेमा ढुक्क भएको बताए ।
साझा प्यानलबाट अध्यक्षका उम्मेदवार कुल बहादुर बिकले सबै ब्यवसायीहरुले जहा गएपनि आफुलाई माया गरेको भन्दै निवार्चन आफ्नो पक्षमा हुने बताए ।









