वर्षातको समयमा सबैखाले जोखिमहरु हुने गर्दछन् । पहाडी सदरमुकामहरुमा बिशेष गरेर पहिरोको जोखिम वर्षातको समयमा बढ्ने गर्दछ । वर्षातले पहाडी जिल्लाका सवै सडकहरु अहिले छेतविच्छेद पारेको देखिन्छ । सडक निर्माण गर्दा सडकको नाली र पक्कि सडकका लागि दिर्घकालिन योजना निर्माण नगरेका कारण अधिकाँस सडकहरुमा सवारी साधनहरु चल्न नसक्ने अवस्थामा पुगेका छन् ।
भिरोलो जमिन र अनाधिकृत रुपमा सडक खनिएका कारण हरेक वर्षातमा पहिरोको उच्च जोखिममा परेर समुदायले ज्यान गुनमाउनु परेका घटनाहरु पनि वर्षातको समयमा धेरै हुने गरेका छन् ।
यो वर्षको वर्षातमा पहिरोमा परेर जाजरकोटको सदरमुकाम खलंगामा दुईघर पुरिएका छन् । घरमाथिबाट आएको पहिरोले घर पुरेपछि घरभित्र रहेका ८ जनाले अनाहकमै ज्यान गुमाएका छन् । एक जनाको जीवितै उद्धार गरिएको छ । घटना समान्य भएपनि मानवीय क्षेति धेरै भएको छ । धन र जन दुबैको क्षेतिले जाजरकोटका अन्य स्थानहरुमा थप सुरक्षा अपनाउन सम्वन्धित सवै निकायहरुलाई आग्रह गरिएको छ ।
बर्षातका बेला हुने यस्ता घटनाहरुबाट बच्न जोखिम पहिचान गर्ने बारेमा स्थानीय स्तरमा कम जनचेतना हुनु, संभावित खतराको बारेमा पुर्वाअनुमान गर्न नसक्नुले पनि अनाहकमै ज्यान जोखिममा पर्ने गरेको पाईन्छ । पुराना र कच्चि घरहरु, पानीले भिजेर गलक्कै भएका भित्ताहरु बस्ति भन्दा माथिका पखेरा र भिरहरु जस्ता स्थानहरुको समयमै पहिचान गरेर हुनसक्ने जोखिमबाट बच्न सुरक्षित स्थान खोज्नु अहिलेको प्रमुख आवश्यकता हो ।








