
कविराज खत्री
एउटा गाउँबाट गवाँर दैलेख सदरमुकामा आयो । १३ वर्ष सदरमुकाममा डेरामा बास बस्यो । सँधै अभावै अभावका बीचबाट अथक बाँच्ने प्रयास ग¥यो । दैलेख सदरमुकामा उद्यमशीलता र उद्यम सहित आफु आत्मनिर्भर बन्ने र अरुलाई पनि आत्मनिर्भर बनाउने सपना देख्यो । त्यस कारण २०६७ साल भदौ १५ गते सानो मसला उद्योग संचालन गर्न सुरु ग¥यो । अनेकौं मात्र होइन, महाअनेकौं चुनौतीसित सामना गर्दै आजका मितिसम्म विशेष गरेर दैलेखी लाखौं ग्राहकहलाई धेरै वा थोरै सेवा दिई रह्यो । दैलेख जिल्लामा कृषक, उद्यमीहरुले उत्पादन गरेका वस्तुहरु खरिद गरेर प्रसोधन गर्ने मात्र होइन, उनीहरुलाई सघाउन पनि सफल भयो । तर परिस्थिती सँधै एकनासको हुँदैन । संघर्षका आदिवेहेरीसंग लडिवुडी खेल्दा खेल्दै, धेरै असफलता थोरै सफलताका कथाब्यथा ब्यहोर्दा ब्यहोर्दै, त्यही ठाउँमा बसेर केही गरौं भन्दाभन्दै पनि सम्भवन भएन । दैलेख सदरमुकामा संचालित हाम्रो उद्योगबाट विदा लिनु पर्ने भयो र लगियो पनि । आफुले श्रृजना गरेको चीज छोडनु पर्दा, अँझ झण्डै डेढ दशक लामो बसाई नै सँधैका लागि त्याग्नु पर्दा अति धेरै सहनै नसकिने पीडा बोध हुँदोरहेछ । खास पीडा कस्तो हुँदोरहेछ ? भन्ने एउटा जब्बर अर्को अनुभूती प्राप्त गरेको छु मैले ।
यो प्रसंग आप्mनै बयान गर्नका लागि उल्लेख गरेको जस्तो भएता पनि दैलेख जिल्लामा जन्मेर, हुर्केर ४० वर्षसम्म बसियो, सुख दुःखका क्षणहरु ब्यथित गरियो तर परिस्थिती यस्तो आईलाग्यो कि अब कहिल्यै त्यहाँको स्थायी वासिन्दा नहुने गरी र सम्भव त मेरा सन्तानहरु भावी दिनमा पनि दैलेखी नुहुने गरी अलगिन पुगेको छु । यस अर्थमा मन बहलिएको छ । मूल तः मैले एउटा जीवित सपना देखेको थिएँ, दैलेखमा नै मेरो उद्योग सफल पार्छु, म जस्ता हजारौं उद्यमीहरु तयार पार्छु र दैलेखलाई आत्मनिर्भर, स्वरोजगारयुक्त र समृद्ध बनाउन अहम भूमिका खेल्छु । तर परिस्थितीले सोचे जस्तो अधिकार दिएन, लाखौंको साथ स समर्थन पाउँदा पाउँदै उच्च तहबाट जुन प्रकारले साथ र समर्थन पाउनु पर्ने हो, त्यो त कुनै दिन पनि पाईएन तर सँधै उहाँहरुबाटै प्रताडित हुनु प¥यो । मेरै भाग खोसेर खान आएको भिखारी हो जस्तो ब्यहारबाट आजित हुनु प¥यो । यति मात्र होइन, काट्छौं, मार्छौ, भिखारी, गोठालो, जेल हाल्छौं भन्ने अति कठोर शब्दहरुको प्रहार पनि झेल्नु प¥यो । संस्थागत रुपमा तँ भिखारीलाई किन हामीले नेतृत्व स्वीकार गर्ने ? भन्ने शब्दहरु पनि ओकलिएर हातपात गरियो र मार्ने धम्की पनि हाक्काहाक्कि आए । दैलेखको उच्च तहले दिएको यस प्रकारको पीडाले मलाई खासै गाल्न त सकेन तर स्तानान्तरणसम्म गरायो । बधाई छ उहाँहरुले अब तपाँईहरुको राज चल्ने छ र म कुनै दिन घुम्दै फिर्दै रैती बनेर आउनेछु यस विषयमा यति मात्रै भनौं ।
तथापी दैलेख सदरमुकामको झण्डै डेढ दसक डेराको बसाईमा मैले सुरु गरेको उद्योगलाई लाखौ लाख समाजका मानिसहरुले सहयोग गर्नु भयो, हजारौं कृषकहरुले आफ्नो उत्पादन सुपथ दरमा उपलब्ध गराएर सहयोग गर्नु भयो, सयौं होटल तथा अन्य उपभोक्ताहरुले हाम्रो उत्पादनलाई रुचाएर प्रयोग गर्नुभयो, पत्रकार मित्रहरुले सकारात्मक रुपमा उच्च सम्मानका साथ सहयोग गर्नु भयो, बैंकले खासै ऋण नपत्याए पनि मेरा सहयोगी मित्रहरुले उद्योग संचालनका लागि ऋण उपलब्ध गराउनु भयो, जुन ऋण अहिले पनि तिर्न बाँकी नै छ, यसका अलवा अनेकौं शुभचिन्तकहरुले अनेकौं अनगिन्ती सहयोग गर्नुभयो ।
संस्थागत रुपमा जिल्ला लघु उद्यमी समूह संघ, दैलेखका पदाधिकारीहरु, सदस्यहरु, कर्मचारीहरुबाट र हजारौं लघु उद्यमीहरुबाट सधैं भरपुर सहयोग पाईयो र अहिले पनि पाईदै आएको छु । यो संस्थालाई मैले कुनै दिन भुल्न सक्दिन । यसको अलवा उद्योग वाणिज्य संघका पदाधिकारी र सदस्यहरुबाट एक तिहाई जनाले पूर्ण सहयोग गर्नुभयो भने दुई तिहाईबाट सधैं भित्री रुपमा असयोग मात्र पाईयो र खासै सहयोग नै पाईएन भन्दा पनि हुन्छ । बलिको बोका बनाउने काम भयो र दशैं अरुले नै मनाउने काम भयो उद्योग वाणिज्य संघको टिमबाट । यो तितो यथर्ताता हो मेरो जीवनको । राजनीतिक रुपमा सबै राजनीतिक कर्मीहरुको साथ समर्थन मिल्यो तर यसका कारणले हामी पछाडी पर्छौकी भन्ने भावनाले गर्दा भित्री सहयोग पाउन कठिन नै भयो । तर बाहिरी समर्थले पनि म खुसी नै छु । वित्तीय संस्थाहरुले कहिल्यै पनि सहयोग गर्नु भएन । तेरो आर्थिक अवस्था कमजोर छ, जग्गा छैन भन्ने देखि बाहेक अरु कुनै कुरा कुनै पनि बैंकबाट सकारात्मक रुपमा आएन । कुनै बैंकले पनि उद्योगीलाई परियोजनाका आधारमा, मेशिन औजार र सम्पत्तिका आधारमा, कारोबारोको आधारमा प्रकृया अनुसार ऋण दिए तिर्छ भन्ने भावना नै पलाएन । सुरुमा मेगा वैंक र कृषि विकास बैंकले जुन सहयोग गरेको छ, त्यो भन्दा बाहेक एउटा उद्योगीलाई सहयोग नगर्नु नै विडम्बना हो की ?
दैलेखबाट सधाका लागि विदा लिए पनि दैलेखलाई आत्म निर्भर, स्वरोजगारयुक्त, समृद्ध बनाउन मैले मेरो तर्फबाट झन ठूलो भूमिका खेल्नेछु । विशेष गरेर दैलेखका हजारौं लघु उद्यमीहरुलाई मैले ब्यक्तिगत र संस्थागत रुपमा सहयोग गर्नेछु । जिल्ला लघु उद्यमी समूह संघ, दैलेख मार्फत संस्थागत रुपमा दैलेखका लघु उद्यमीहरुलाई आवश्यक सहयोग मात्र होइन, सफल लघु उद्यमीहरुलाई साना तथा मझौला उद्योगका रुपमा रुपान्तरण गर्न प्राण दिनु परे पनि पछि हट्नेछैन । अर्को उद्योगी ब्यापारीहरुको माउ संस्था दैलेख उद्योग वाणिज्य संघको मेरो पदिय दायित्व यो नै अन्तिम हुनेछ । अब उपरान्त टिका लगाएर पद समाल भने पनि म स्वीकार गर्ने छैन । किनकी टिम स्पिट नभएसम्म काम गर्न सकिन्न । सबैभन्दा बोझिलो पद मलाई अहिले त्यही पद भएको छ ।
आज मलाई यो स्थानमा पु¥याउने खास ब्यक्तिहरु हुनुहुन्छ उहाँहरुलाई स्मरण गर्न चाहन्छु । सुरुमा राजकुमार राई र दोण जि.सी. सरले मलाई उद्यमी बनाउन सिकाउनु भएको हो । उहाँहरुलाई धन्यवाद दिन चाहन्छु । बीचमा कृष्ण चौधरी सर, मधु वि.क., उत्तम श्रेष्ठ, सरिता धौवडेलको सहयोगको ऋणी छु । त्यसमा पनि कृष्ण चौधरी सरको सहयोगको तुलना नै गर्न सक्दिन । उद्यम क्षेत्रमा सँधै आफ्नै सन्तान जस्तो सम्झेर ब्यक्तिगत रुपमा, संस्थागत रुपमा अतुलनीय सहयोग गर्नु हुने आदरणिय सर घरेलु तथा साना उद्योग विकास समिति शाखा, दैलेखका कार्यालय प्रमुख परशुराम आचार्यलाई नमन गर्न चाहन्छु । उहाँले दैलेखका लघु, घरेलु तथा साना उद्यमीहरुको सँधै साझा अविभावकत्वको भूमिका निर्वाह गरिरहनु भएको छ । आवश्यक परे रातीको १२ बजे पनि उद्यमीहरुका लागि खटेर लाग्ने सायद हाम्रो समाजमा उहाँमात्र हो भन्ने मेरो ठम्याँई छ । तसर्थ उहाँको अतुलनीय सहयोगका लागि धन्यवाद दिन चाहन्छु । राजनीतिक नेतृत्व मध्ये पूर्व सहायक मन्त्री आदणिय गणेश खडका र हालका संघीय सांसद माननीय रवीन्द्र शर्मालाई विशेष धन्यवाद दिन चाहन्छु किनकी जति खेर भेटे पनि तपाँईको उद्योगको अवस्था के छ ? भनेर प्रश्न गरिरहदै आउनु भएको छ ।
मलाई एक रुपियाँ पनि नहुँदा उद्योग स्थापना गर्नका लागि ऋण दिएर उद्योग संचालन गर्ने अवस्थामा ल्याउन सहयोग गर्ने आदणीय अरुण पसलका संचालक ज्वाई धर्मराज उपाध्य, यसै गरी मेहेलतोलीका आदणि भिना भिमप्रसाद रेग्मीलाई विशेष धन्यवाद दिन्छु किनकी उहाँले सुरुमा उद्योग संचालनका लागि ऋण नदिएको भए आज म विदेशका कुनै न कुनै गल्लिमा भौतारिएको हुने थिएँ वा राजनीतिका कोरा र आदर्शवादी शब्दमा रुमलिएर ठुटे नेताका रुपमा मात्र चिनिएको हुँन्थे । उहाँहरुका कारणले गर्दा उद्यम सहितको राजनीति गर्ने अवसर प्राप्त भएको छ । यिनै तितामीठा अनुभवहरु दैलेखबासीहरुलाई सुम्पदै दैलेखको समग्र विकासका लागि मैले के गर्नु पर्दछ म सँधै तयार रहने प्रतिवद्धता जाहेर गर्दै सुर्खेतमा स्थापना हुन लागेको उद्योगलाई यसरी नै सहयोग गर्न सबैमा हार्दिक अपिल गर्दै म जिल्लावासी बन्न नसकेकोमा माफी चाहन्छु दैलेख ।







