
कात्तिक २, दैलेख
त्रिभुवन विश्व विद्यालय गा्रमिण संकायका प्रोफेसर एवं पर्यटन क्षेत्रका बिज्ञ डा.प्रेम शर्माले रारा पुगेर फर्कने वा रारा जाँदा दैलेख सदरमुकाम भएर जाने सबै पर्यटकहरुलाई दैलेख सदरमुकाम, पंचकोशी क्षेत्र दुल्लू हुँदै राकम झारेर रारा पठाउने बारेमा दैलेखका स्थानीय सरकार र रानीतिक दलहरुवीच एकमत हुनुपर्ने बताएका छन् ।
रारा पुग्ने पर्यटकहरुको टोलि ल्याएर दैलेख सदरमुकाम आएका शर्माले पर्यटन पूर्वाधार समिति दैलेखका संयोजक टेक बहादुर खाण र बरिष्ट पत्रकार बिष्णु शर्मा सँगको कुराकानीमा यस्तो बताएका हुन् ।
दैलेख सदरमुकाम आएका पर्यटकहरुलाई शिरिस्थान, नाभिस्थान लगायतका पंचकोशी क्षेत्र र दुल्लू क्षेत्रको भ्रमण सँगै राकमकर्णाली सम्म जानका लागि सहज र सुरक्षीत यात्राका लागि सडक संजाल जोड्ने बारेमा निर्वाचित जनप्रतिनिधिहरुको एकमत हुन सके आउँदा वा जाँदा रारा पुग्ने लाखौं पर्यटकहरु दुल्लू र दैलेख पुगेर फर्केन छन् । यसले दैलेखको पर्यटन प्रर्बद्धनमा निकै टेवा पुग्ने देखिन्छ ।
कर्णाली आउने हजारौं पर्यटकहरु मध्ये अधिकाँस पर्यटकहरुको पहिलो रोजाई रारा हुने गर्दछ त्यसैले रारा पुगेर फर्कने पर्यटकहरुका लागि राकमकर्णाली हुँदै दुल्लू र दैलेख सदरमुकाम सम्म आउने यातायात सहज भए धेरै पर्यटकहरु यो क्षेत्रमा आउने देखिएको छ । यसवारेमा भने कुनैपनि निकायहरुले अहिलेसम्म चासो देखाउन सकेका छैनन् ।









