कैदि बन्दीलाई मानसिक स्वास्थ्य उपचार सुरु

फागुन–१०, दैलेख
दैलेख कारागारमा रहेका कैदि बन्दीलाई मानसिक स्वास्थ्य सम्वन्धि उपचार र परामर्श सुरु गरिएको छ । स्वास्थ्य सेवा कार्यालय दैलेख र मानसिक रोग बिशेषज्ञ डा. आशस दत्त लगायतको टोलिले उपचार सेवा शनिवार देखि सुरु गरेको हो ।
दुईदिन सम्म उपचार सेवा प्रदान गरेपश्चात सो को जानकारी सोमवार पत्रकार सम्मेलन गरेर दिईने स्वास्थ्य कार्यालय दैलेखका प्रमुख डा. निरन्जन पन्तले बताएका छन् ।
सुविधायुक्त दैलेख कारागारमा अहिले १२८ जना पुरुष, १३ महिला र २ जना आश्रित बालवालिका रहेका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार