फर्केर हेर्दा बिगतलाई

क्षितीज पारीको त्यो पारिको बस्तीमा उकालि वराली गर्दै गाई, बाख्रा चराउदै त्यो पारीको खरबारी खर काट्दै सँगै मेला पात गर्दै गरेका दिनहरु आज फर्केर आउदैनन् होला त्यो पारीको लेखमा फुलेका लालीगँुरास बसन्तसँगै पलाएका ती मुना पालुवाहरु बिहानिको घाम किरण अकमकाउदो बादलसँग कता कता हावा हुरी बैशाख जेष्ठ महिनाको पण्चड गर्मि र्तिखाएका ति चरा चुरुग्गि प्यास मेटाउन हिडिरहेका भनौ या खोलि किनारमा होस या चिस्यान होस् आहाल खेल्दै गरेका गौतलि आपनो दुख तथा मनका बेदनाहरु पोख्त गर्दै सुरिलो आवाजमा कुहुकुहु गर्दै गरेको कोइली कतै लेख कतै खर्क कतै भज्याङ मेला पात कतै बेसि उकालि वरालि गर्दैबितेको हाम्रो जीवन त्यसै माथि सुरिलो भाकामा गित गाउने पारि घरे साइला दाई अनि तल्लो घरे भुन्टी दिदि कोहिली जस्तै सुरीलो आवाजले कुनै मेला पर्व उत्सब बिबाह वर्तबन्धमा रम्ने अनि सारा संसारको मन उतलपुथल पार्ने त्यो जोडि आज कहाँ होला । जिन्दगिका हरेक पाइलाहरुमा अनेकौ साथि भाईहरुसँग भेटघाट भयो विद्यार्थी जिवनमा होस या जागिरे जिवनमा होस ति दिन मा संगै रमाएका साथिभाईहरु आज कहाँ होलान के गर्दै होलान खोजि रहेको छु । के सम्भव होला र पुन फर्केर हेर्दा बिगतलाई । मैले पनि खोजिरहेको छु ति बालापनमा रमाएका साथिहरु अनि बिगतका ति दिनहरु त्यो बिगत लाईसम्झेर टोलाएको छु । धेरै पल्टाए बिगतका पानाहरु नत शिर्षक भेटिन्छ , नत सारांश नत पेज नै भेटिन्छन । धेरै ठुला भए बिगतका यात्राका किताबहरु गुमगाम छन, आज खोज्दा नत बजारमा भेटिन्छन नत कोही साथि भाईसँग कहाँ होलान त्यो बेला त्यो बखतका साथिहरुको धेरैको बिहे अनि घरजम भयो र कोही त घरजम भए पछि पनि बिछोड भए रे अनि म अहिले सम्म यात्रा मै छु खोज्दै छु त्यो दिन हेर्दै छु बिगतलाई फर्केर । यात्रामा भूकम्प आओेस त हावा हुरी नत आँधि आओस या बाढि आयोस पार हुन समुन्द्रमा पौडिरहेको त्यो जीवन नत कसैको सहयोग नत कसैको साहारा म त भुमरीमा पर्दा सहयोग दिन तानेका हातहरु पनि म सहयोग लिन नखोज्ने कस्तो मुर्ख सायद ति अपरीचित भएर होला कतै परिचय गर्न नखोज्नु मेरो भुल त होइन उनी इसरा दिइरहेकि थिइन म इसरा नबुझने म कस्तो मुर्खआखिर भुमरीमा परेको बेला उनले दिएको हात समाएको भए आज बगरमा त हुन्थे होला त्यसैले त आज मेरो यात्रा समुन्द्र सतहको गैराइमा डुबेको छु भेटिन्न ति बालापनका साथिहरु हिडिरहेको छु जहाँसम्म खोलि पुग्छ त्यहाँ सम्म पुग्छु भनेर जता ततै फुल फुलेका छन समात्न नखोजनु मेरै भुल हो अनि टोलाउछु फर्केर हेर्दा बिगतलाई अन्तमा सम्पूर्ण दाजुभाई दिदि बहिनिहरुलाई मेरो लेखलाई पढि दिनु भएको धन्यावाद भन्दै मेरो फर्केर हेर्दा बिगतलाई शिर्षक नामक लेखबाट बिदा हुन्छु ।
नमस्कार
कृष्ण दैलेखी
नारायण नगरपालिका–११ दैलेख
बिशेष सहयोगि खगेन्द्र बि.क.

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार