सुर्खेतको वीरेन्द्रनगर नगरपालिका– १२ को जंगलमा सुर्खेत इत्राममा डेरा गरी बस्ने २९ बर्षीया एक महिलाको शव भेटिएको छ । शुक्रबार बिहान मृत अवस्थामा महिलाको शव भेटिएपछि प्रहरीले अनुसंन्धान थालेको छ । दैलेखको नारायण नगरपालिका– १ घर भई वीरेन्द्रनगर नगरपालिकास्थित इत्राममा डेरा गरी बस्ने २९ वर्षीया कल्पना केसीको शव भेटिएको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक राजेशनाथ बास्तोलाले जानकारी दिएका छन् । मृतक केसी पाँच महिनादेखि वीरेन्द्रनगरमा डेरा गरी बस्दै आएकी थिइन्, घटनाका विषयमा अहिले अनुसन्धान भइरहेको छ । मृतकका दुई छोराछोरी छन् भने श्रीमान् वैदेशिक रोजगारीमा छन् ।









