कोरोना खोपमा सरकारको छिटो तरिका प्रभावकारी

बिश्वलाई समस्यामा पारेको कोरोना संक्रमणको दर र त्यसको न्यूनिकरणका लागि नेपाल सरकारले गरेका केही राम्रा प्रयासहरुलाई हेर्ने हो भने कोरोना बिरुद्धको निःशुल्क खोपमा सरकारले छिटो र प्रभावकारी काम गर्न सफल भएको देखिन्छ ।
पहिलो पटक स्वास्थ्यकर्मी र सरसफाइकर्मीहरुका लागि भनेर लगाइएको खोप अहिले जिल्ला जिल्लामा पुगेको छ । ७७ वटै जिल्लाका स्वास्थ्यकर्मीहरुलाई पहिलोपटक खोप प्रदान गरेर सरकारले प्रभावकारी कामको सुरुवात गरेको छ ।
प्रधानमन्त्री के.पि.शर्मा ओलिले तीन महिनाभित्र सबै नागरिकहरुलाई निःशुल्क खोपको व्यवस्थापन मिलाउने बिषयले पनि अहिले चर्चा पाएको छ । सरकारले कोरोना नियन्त्रणमा प्रभावकारी काम गर्न नसकेको भन्दै प्रतिपक्षीहरुले आरोप लगाएका बेलामा खोपको व्यवस्थापनमा भने सरकार निकै छिटो काम गर्न सफल भएको उदाहरण पेश गरेको छ ।
सुरक्षा निकाय, सञ्चारकर्मी, सर्वसाधारण जनताहरु समक्ष तत्काल खोपको व्यवस्थापन गरेर कोरोना महामारीबाट जनतालाई बचाउने अभियानमा सरकार अँझै प्रभावकारी रुपमा अगाडी बढ्नुपर्ने देखिएको छ । अहिलेपनि कोरोना संक्रमणबाट जोगिनका लागि अनिवार्य रुपमा मास्क प्रयोग गर्ने, सामाजिक दुरी कायम गर्ने, सावुन पानीले मिचि मिचि हात धुने, भिडभाँडमा नजाने जस्ता कुराहरुमा आम नागरिकहरु सचेत हुनुपर्ने देखिन्छ । कायम गर्ने, सावुन पानीले मिचि मिचि हात धुने, भिडभाँडमा नजाने जस्ता कुराहरुमा आम नागरिकहरु सचेत हुनुपर्ने देखिन्छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार