दैलेखको डुङ्गेश्वर गाउँपालिकाले एकल पुरुष र अबिवाहित महिलाहरुलाई सम्मान स्वरुप भत्ता प्रदान गरेर निकै प्रभावकारी कामको सुरुवात गरेको छ ।
रकम थोरै भएपनि प्रभावकारी कामको सुरुवात गरिएको बिषय अहिले चर्चामा रहेको छ । गाउँपालिकाका एकल पुरुषहरुले पनि यो बिषयलाई निकै राम्रो काम भएको भन्दै चर्चा सुरु गरेका छन् ।
गाउँपालिका सरकारले स्थानीय जनताको आधारभूत आवश्यकता, विकास र समृद्धिसँगै यस्ता महत्वपूर्ण बिषयहरुमा कानुन बनाउने र कार्यान्वयन गर्ने अधिकार प्राप्त गरेको छ । विकासमा दिगोपना, सुशासन र आर्थिक पारदर्शीता लगायतका बिषयहरुमा पनि स्थानीय सरकारले सुशासन ऐन र कानून बनाएर अघि बढ्न सकेमा गाउँको विकासमा निकै ठूलो टेवा पुग्न सक्ने देखिन्छ ।
डुगेश्वर गाउँपालिकाले सुरु गरेको यो अभियान अन्य पालिकाहरुले पनि सिको गरेर लागू गर्नुपर्ने अहिलेको आवश्यकता हो ।
बिवाह पश्चात श्रीमती गुमाएका पुरुषहरु सबैलाई उमेर हद नराखेरै भत्ता दिने प्रावधानलाई सरकारले पहिलो प्राथमिकतामा राख्नुपर्ने र बिवाह नगरेर माइति घरमै बसेका महिलाहरुको हकमा उमेर हद राखेर भत्ता प्रदान गर्ने नीति नेपाल सरकारले नै लागु गर्नुपर्ने आवश्यकता महसुस भएको छ यसवारे सरकारले पनि कदम चाल्नुपर्ने आवश्यकता देखिएको छ ।








