अन्तरक्रिया कार्यक्रम सम्पन्न

माघ २७, दैलेख
सुन्दर नेपाल संस्था दैलेखकले स्थानीय तहले गर्ने नीति निर्माणमा नागरिक समाजको स्थान र प्राथमिताको सवाल बारेमा अन्तरक्रिया कार्यक्रम गरेको छ । कार्यक्रममा स्थानीय तहले निर्माण गरेका नीति तथा कानुनहरुको बारेमा छलफल भएको हो ।
अन्तरक्रियामा सहभागिहरुले स्थानीय सरकारहरुले नियम कानुनको निर्माण गरेको भए पनि कार्यन्वयन पितलो देखिएको बताए ।
एभरेष्ट क्लव दैलेखका प्रतिनिधि टेकराज अचार्यले स्थानी सरकारले शिक्षाका क्षेत्रमा ध्यान दिएर काम नगरेको बताए ।
उनले केहि स्थानीय तहमा राम्रो भएको भए पनि धेरैमा प्रभावकारी काम हुन नसकेको बताएका थिए । रेडक्रस सोसाइटी कर्णाली प्रदेश कमिटीका अध्यक्ष भेषराज थापाले रेडक्रल विपत् लगायत अन्य क्षेत्रमा काम गर्न खोजेको भए पनि स्थानीय सरकारको मन्वयकारी भूमिका नदेखिएको बताए ।
उनले स्थानीय तहमा बिपतका लागि छुट्इएको वजेटको सही सदुपयोग हुनु पर्नेमा जोड दिएका थिए । कार्यक्रममा सहभागिहरुले स्थानीय सरकार आइसके पछि पनि स्वास्थ्यको क्षेत्रमा गतिका साथ काम नभएको बताए ।
स्थानीय सरकारले कृषिका क्षेत्रमा गर्ने लगानीमा आफन्तवाद र पहुँचका भरमा काम हुने गरेको र खास किसान अझै पनि सरकारले दिने सेवा सुविधाबाट बञ्चित हुनुपरेको गुनासो व्यक्त गरेका थिए ।
कार्यक्रममा समन्वय समिति दैलेखका कार्यवाहक प्रमुख बालकृष्ण केसि जिल्लामा क्रियाशिल राजनीतिक दल, नागरिक समाजका अगुवा, पत्रकार लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार