
फागुन १, दैलेख
दैलेखका प्रमुख जिल्ला अधिकारी सन्त बहादुर सुनारले सृजनशील हुँदै अवसरको खोजि गरेमा सफल हुने बताएका छन् ।
खाद्य वस्तुको स्वच्छताका बिषयमा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सुर्खेतले होटेल व्यावसायीहरुसँग गरेको एक अभिमुखिकरण कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
उनले खाद्य ऐन नियमका वारेमा होटेल व्यावसायीहरुलाई जानकारी दिदै हरेक कार्य गर्न मिहिनेत अनिवार्य हुने भएकाले सफलताको पहिलो माध्यम मिहिनेत भएको बताउदै व्यावसायीले मात्र नभई रहेक व्यक्तिले सृजनशील हुँदै अवसरको खोजि गरी नयाँ कुराको उत्पादनमा ध्यान दिएर अगाडी बढ्नु पर्नेमा उनको जोड रहेको थियो ।
अभिमुखिकरण कार्यक्रममा खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सुर्खेतका कार्यालय प्रमुख भेष बहादुर थापाले व्यावसायीहरुलाई खाद्य वस्तु स्वच्छ हुनु पर्ने बारे जानकारी दिएका थिए ।
उनले होटेलमा सरसफाई मुख्य बिषय भएकाले सम्पूर्णलाई स्वच्छ खाद्य बस्तु बितरण गर्न आग्रह गर्दै स्वच्छताका बिषयमा ध्यान नदिएको पाइएमा सरकारले नियम अनुसार कारवाही गर्ने बताए ।
“हामीले स्थानीय स्तरमा पाइने रैथाने खाद्य वस्तुको संरक्षण गर्नु पर्ने भएकाले आयातित बस्तु भन्दा पनि लोक्कल रैथाने खाद्य बस्तुको उत्पादन गरी बजारीकरण गर्नुपर्ने थापाको भनाई छ ।
सरकारले १ सय २८ खाद्य बस्तुमा मापदण्ड तोकेकाले खाद्य स्वच्छतामा सबैले ध्यान दिन आग्रह गरे ।
उनले बजारमा प्लाष्टिकका बिभिन्न खद्य बस्तु बिक्रि वितरण हुने गरेको भन्ने कुरा हल्ला मात्र भएको र हल्लाका पछि कसैले पनि नलागि स्वच्छतामा ध्यान दिनु पर्ने जोड दिएका थिए ।









