दैलेख सयौं वर्ष पुरानो इतिहास बोकेको जिल्ला, दैलेखमा रहेका बिभिन्न ऐतिहासिक महत्वका बस्तुहरुले यो जिल्लाको पहिचान बढाइरहेका बेलामा दैलेखमा सयौं वर्षदेखि जमिनमुनिबाट निरन्तर निस्किएको ज्वाला ग्याँसको रुपमा रहेको भन्ने पुष्टि भएको पनि ३० औं वर्ष बितिसकेको छ ।
नेपालमा स्थायी राजनीति नहुनु बहुमत ल्याउने दलबाट छानीएका प्रधानमन्त्रीहरु पनि देश र जनताप्रति उत्तरदायि नहुनु , समग्र नेपालको विकासका लागि आवश्यक पर्ने ठूला खाले आयोजनाहरुको सुरुवात गर्न नसक्नु कतिपय आयोजनाहरु सुरुवात गर्नुपर्छ भनेर अडान लिनुभन्दा बिदेशी शक्तिहरुको केन्द्रबिन्दु बनेर अरबौं रकम व्यक्तिगत रुपमा असुल गर्नु र देश र जनताका लागि नसोच्नु यस्ता खेलहरु नेपालमा तत्कालिन राणा शासन कालदेखिनै हुँदै आएका छन् ।
नेपाल खानी र पानीको अथाहा संभावना बोकेको देश हो । यहाँका खानी उत्खनन् र पानीको सदुपयोग गर्ने बिषयमा नेपालका कुनैपनि प्रधानमन्त्रीले स्पष्ट खाका ल्याउन नसकेको बेलामा बर्तमान सरकारका प्रधानमन्त्री के.पी. शर्मा ओलिले २०७२ सालमा भारतले लगायतको नाकाबन्दीका बेलामा आफ्नो स्पष्ट अडान राखेर नेपालमा भएको पेट्रोलियम पदार्थ उत्खनन्लाई अनिवार्य रुपमा सम्पन्न गर्ने भन्दै चिन सरकारसँग गरेको जि.टु.जि.सम्झौता र सोही अनुसारको काम अहिले आफै प्रधानमन्त्री हुँदा सम्पन्न गर्ने तयारीमा रहेका छन् ।
अन्तिम चरणको सर्वेक्षण सुरु गरिएको छ । यसले कति मात्रामा पेट्रोलियम भण्डारण छ भन्ने कुराको पुष्टि गर्ने छ । भण्डारण धेरै भएमा दैलेखबाटै नेपालको समृद्धिको ढोका खुल्ने छ यसको सबैभन्दा पहिलो श्रेय प्रधानमन्त्री के.पी. शर्मा ओलिलाई नै जान्छ ।








