काठमाडौंः उद्योगपति राजेशकुमार अग्रवाल नेपाल कम्युनिष्ट पार्टी (एमाले) मा प्रवेश गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार आयोजित एक कार्यक्रमका बीच प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले अग्रवाललाई खादा लगाई पार्टीमा स्वागत गरे । प्रधानमन्त्रीले पार्टीमा अग्रवालबाट राम्रो भूमिका निर्वाह हुने विश्वाससमेत व्यक्त गरे ।
भैरहवा निवासी ४९ वर्षीय अग्रवाल अर्घाखाँची सिमेन्ट र श्री स्टिल प्रालिको महाप्रबन्धकसमेत रहेका छन् । लामो समयदेखि उद्योग व्यवसायीको हितमा कार्यरत उनी नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय सदस्य पनि हुन् । आफू यसअघि कुनै राजनीतिक दलसँग आवद्ध नभएको बताउने अग्रवालले भने, ‘प्रधानमन्त्रीको कदममा हामी उद्योग व्यवसायीले पनि साथ दिनुपर्छ भन्ने लागेर पार्टीमा प्रवेश गरेको बताए ।









