खोला दहन अत्याधिक बढ्यो करेन्ट लगाएर माछा सक्ने प्रवृती पूर्ण रुपमा रोक्न जरुरी

दैलेखमा पछिल्ला दिनहरुमा विकास निर्माणले तिब्रता पाएसँगै खोला दोहनका बिभिन्न स्वरुपहरु परिवर्तन भएका छन् । अहिले खोलामा गिटी ढुङ्गा तान्ने प्रवृती निकै बढेको छ । जिल्लामा सञ्चालन भएका ठूला साना सबै खाले सडक पूर्वाधारहरुका लागि निकै अनिवार्य मानिएको ढुङ्गा, गिटी र बालुवा उत्खनन् गर्नुपर्ने आवश्यकता छ । यस्तो अवश्यकतालाई बिधिपूर्वक पूरा गर्नुपर्ने हो ।
दैलेखमा अहिले खोला दोहन अत्याधिक मात्रामा बढेको अवस्था छ । यसलाई पूर्ण रुपमा नीति र नियम अनुसार काम गर्नुपर्ने देखिएको छ । सडकको नाममा गिटी थुपार्ने र रातारात अन्य जिल्लामा बिक्रि बितरण गर्ने कार्यलाई रोक्नका लागि सुरक्षा निकायले समेत अँझै प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने देखिएको छ ।
खोलामा अनाधिकृत रुपमा करेन्ट लगाएर माछा सक्ने क्रम पनि दैलेखमा धेरै छ । यस बिषयमा पनि जिल्ला प्रहरी कार्यालय दैलेखले प्रभावकारी अनुगमन खेल्नुपर्ने र त्यस्तो कार्यमा संलग्नलाई कानुनी कारवाही गर्नुपर्ने देखिएको छ । करेन्टका माछाको संख्या खोलामा घट्दै गएको छ । सम्बन्धित सबै निकायले यस्ता बिषयहरुमा खोजीनीति गर्दै काम अगाडी बढाउनुपर्ने अहिलेको आवश्यकता हो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार