अँझै दश दिन थपियो निषेधाज्ञा जेठ ३१ गतेसम्म निरन्तरता

जेठ २०, दैलेख
दैलेखमा निषेधाज्ञाको अवधि थप गरिएको छ । कोरोना माहामारी बिपद व्यवस्थापन समिति दैलेखले थप दश दिनसम्मको अवधि थप गरेको हो । आगामी जेठ ३१ गतेसम्मका लागि निषेधाज्ञा थप गरिएको हो ।
जिल्लामा एक महिना अघिदेखि निषेधाज्ञा निरन्तर छ । कोरोना संक्रमणको दर कम नभएपछि निषेधाज्ञाको समय थप गरिएको प्रमुख जिल्ला अधिकारी हरी प्याकुरेलले जानकारी दिएका छन् ।
आम जिल्लाका नागरिकहरुको सुरक्षाका लागि सुरक्षा निकाय, स्वास्थ्यकर्मीहरुको टोली दिनरात खटिएको छ । जिल्लाका सबै पालिकाहरुमा निर्वाचित जनप्रतिनिधिहरुलाई संक्रमण नियन्त्रण र रोकथामका लागि अग्रपंतिमा रहन जिल्ला प्रशासन कार्यालय दैलेखले आग्रह समेत गरेको छ । सुरक्षा निकायको प्रभावकारी परिचालनले संक्रमण दर बिस्तारै कम हुँदै आएको भएपनि अँझै संक्रमण दर न्यून हुन सकेको छैन् ।
वडा र बस्तिहरुमा रुघाखोकीका बिरामीहरु बढीरहेका छन् । धेरै जसो ज्वरो र रुघाखोकी लागेका बिरामहीले स्वास्थ्य जाँच गर्न नआएका कारण पनि कतिपय समस्याहर हुने गरेको स्वास्थ्य सेवा कार्यालय दैलेखका प्रमुख थीर प्रसाद रेग्मीले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार