वाढी पहिरोको जोखिम पूर्व मूल्याङ्कन गरौं,सचेत बनौं

कोरोना कहर सँगै अहिले देशभर बाढी पहिरोले बिभिन्न स्थानहरुमा बितण्डानै मच्चाएको छ । भनिन्छ १२ वर्षमा खोलो पनि फर्कन्छ रे, नेपालमा पछिल्लो मनसुनले अधिकाँस खोलानालाहरुमा उच्च बाहव बढायो यो सँगै धेरै स्थानमा सयौं बर्षदेखि निर्माण गरिएका संरचनाहरु एकै छिनमा ध्वस्त पा¥यो ।
अँझै बिशेष गरेर खोलाको किनारमा बसोवास गरिरहेका समुदायहरुलाई यसले धेरै ठूलो समस्या उत्पन्न गरेको छ । पहाडी भू–भागमा आसपासका खोलाको वरिपरिको भागमा पहिरो आएपछि खहरे खोला एक्कासी थुनिने र पुनः भरिदै गएपछि ठूलो मात्रामा खोला फुटेर आएपछि अहिले नेपालका अधिकाँस स्थानहरमा अरबौंको क्षति गरेको छ । नारायणी नदिको बाहव ६१ वर्ष यताकै सबैभन्दा धेरै भएको छ । सिन्धुपाल्चोकका बिभिन्न बस्तिहरु अहिले बाढी र पहिरोका कारण उजाड वगर बनेका छन्, मानिसहरुले सयौं बर्षदेखि आयआर्जन गर्दै आएको स्थान एकैछिनमा बगरमा परिणात भएको छ ।
कतिपय मानिसहरुले अनाहकमै आफ्नो ज्यान समेत गुमाएका छन् । यस्ता समस्याहरु यो वर्षको वर्षातमा धेरै हुने देखिएको छ । अहिलेपनि पहिरोको उच्च जोखिम भएका स्थानहरु र खोला किनार नजिकका बस्तिका बासिन्दाहरुले बेलैमा सुरक्षा सर्तकता अपनाउँदै सुरक्षित स्थानमा बस्नुपर्ने देखिएको छ । यसका लागि स्थानीय सरकार, स्थानीय प्रशासन र प्रहरीको सक्रियता बढ्नुपर्ने देखिएको छ । एकातिर कोरोना कहर घटेको छैन अर्कोतर्फ बाढी र पहिरोले अरबौंको क्षती गरेको छ । यस्तो बिपदका बेलामा सबैखाले सुरक्षा सर्तकता अपनाउँदै सुरक्षीत हुनु अहिलेको आवश्यकता हो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार