सित लहरे खानेपानी अनियमितता प्रकरण जिल्ला प्रशासनले लियो बयान


साउन १७, दैलेख
दैलेखको महावु गाउँपालिका वडा नं. ५ को सित लहरे खानेपानी योजना निर्माणमा भएको अनियमितताको छानवीन गर्ने क्रममा जिल्ला प्रशासन कार्यालय दैलेखले अनियमिततामा संलग्नहरुलाई छानवीन सुरु गरेको छ ।
आइतवार चेक बुझेका व्यक्तिहरु र रकम नपाएका व्यक्तिहरुको उपस्थिती गराएर बयान लिने काम गरेको सहायक प्रमुख जिल्ला अधिकारी हरी देबकोटाले जानकारी दिएका छन् ।
काम गरेर रकम नपाएका उपभोक्ताहरुलाई रकम दिने बिषयमा एक आपसमा छलफल भएको जिल्ला प्रशासन कार्यालय दैलेखले जानकारी दिएको छ ।
निर्माणको जिम्मा लिएका उपभोक्ता समितिका अध्यक्ष लगायतका पदाधिकारीहरु, चेक बुझेका वडा कार्यालयका कार्यालय सहयोगि लगायतको बयान लिएको जिल्ला प्रशासन कार्यालय दैलेखले जानकारी दिएको छ ।
गल्ति गर्नेलाई कारबाही प्रक्रिया अघि नबढे अख्तियार जान्छौं उपभोक्ता
कामको गुणस्तरीयता कायम नभएको र कमिशनका लागि भनेर रकम बुझेका व्यक्तिहरुलाई सामान्य छलफल गरेर मुद्दा मिलाउने प्रक्रिया भयो भने सबै डकुमेन्ट र प्रमाणसहित अख्तियारमा उजुरी दिने तयारीमा रहेको एक सदस्यले जानकारी दिएका छन् । जनताको विकासका लागि आएको रकम अनावश्यक कमिशन खाने प्रवृती धेरै देखिएको छ । हाम्रो बिरोध गलत प्रवृतीका लागि हो । एक उपभोक्ताले भने, गलत गर्ने अनि पछि रकम फिर्ता गरेर माफि पाउने भए सबैले यसो गरे भैगयो नि किन चाहियो कानुन, किन चाहियो अख्तियार ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार