मुलुकको राजनीति परिवर्तन सँगै बिभिन्न तहगत परिवर्तनहरु हुन सकेनन् भनेपनि मुलुकको विकास द्रुत गतिमा हुन सक्दैन् । मुलुक निर्माणको लागि आवश्यक नीति नियम बनाउने काम सरकार प्रमुख वा सरकार सञ्चालन गर्नेको भएपनि यसको कार्यान्वयन गर्ने निकाय भनेको निजामती कर्मचारी प्रशासन नै हो । निजामती कर्मचारी प्रशासनको नेतृत्व थामेका हरेक पालिकाका प्रमुखहरु, जिल्लाका प्रमुखहरु, प्रदेश र केन्द्रका प्रमुखहरुले यो देश अव निर्माण गर्नुपर्दछ यसका लागि निजामती कर्मचारी प्रशासन दुई वर्ष सम्मका लागि मात्र निश्वार्थ भएर अघि बढौं भनेर एउटा महाअभियान सञ्चालन गर्ने हो भने मुलुक परिवर्तनको लय एकै वर्षमा देखा पर्न सक्छ ।
पूर्ण रुपमा परिवर्तन गर्नका लागि पाँच देखि दश बर्ष लाग्दा तर सच्चा पहरेदारीका रुपमा राष्ट्रेवक कर्मचारीहरुले देश बनाउने प्रर्ण गरेमा यो नेपाल परिवर्तन हुन धेरै समय लाग्दैन् ।
तर यहाँ त अहिलेपनि ग्याँङ, महाग्याँङ वा प्रशासनिक बिचौलियाहरुको दल दल छ । मुलुक यही दलदलमा फसेको छ । सरकारले कस्ता नीति बनाउँछ र यो नीति अनुसार आफु अनुकुल वा प्रतिकुल कस्ता खालका कामहरु गर्दा आफुलाई फाईदा वा घाटा हुन्छ भन्ने सोचले मात्र नेपालको विकास रोकिएको छ । साझा विकासको धारणा महाग्याँङमा देखिएको छैन् ।
देश परिवर्तनको बाधक रहेको मुख्य कुरा मुल हो अर्थात केन्द्र सरकार हो, केन्द्रमा राज्य चलाउने जिम्मा लिएका, राजनीतिक दल, राष्ट्रसेवक कर्मचारी हुन । यिनलाई बेला बेलामा प्रयोगमा ल्याउने बिचौलियाहरुले देशलाई उभो गतिमा लिन नदिने षडयन्त्रले नेपालमा अहिलेपनि काम गरिरहेको छ । बिभिन्न बाहनामा मुलुकमा अस्थिरता चाहने र त्यसैमा रजाँई गर्ने प्रचलन अहिलेको मात्र नभै निकै पुरानो हो त्यसैले यस्ता बिषयहरुमा जहिले सम्म उच्चतहको नेतृत्व र उच्च तहको कर्मचारी तन्त्रवीच एकता हुँदैन तवसम्म मुलुक परिवर्तन हुन सम्भावना देखिदैन् ।








