
दैलेखः दैलेखमा सयौं बर्षदेखि सञ्चालन हुँदै आएको एक महिना लामो मेला सकिएको छ ।
गाँठेमंगलको दिनबाट सुरु भएको मेला सकिएको हो । मेला अवधिभर बिभिन्न जात्राहरु निकाल्ने प्रचलन भएपनि यो वर्ष कोरोना संक्रमणका कारण लाखे जात्रा मात्रै प्रर्दशन गरिएको छ ।
सामाजिक दुरी कायम गर्दै आंशिक रुपमा लाखे जात्रा निकालिएको भएपनि लाखे बध गर्ने अन्तिम दिनमा भने जिल्लाभरका बिभिन्न स्थानहरुबाट सदरमुकाममा मानिसहरुको बाक्लो उपस्थिती रहेको थियो ।
मेला हेर्न आएका अधिकाँसलाई आयोजकहरुले अनिवार्य माक्स लगाउन आग्रह गर्दै माक्स अभियान समेत सञ्चालन गरेका थिए । सदरमुकामका चारवटा स्थानहरुबाट लाखे जात्रा प्रर्दशन गरिएको थियो ।
रामपुरमा कृष्ण मन्दिरको उद्घाटन
दैलेख सदरमुकामको पुरानो संस्कृति मानिएको लाखे जात्रा अन्र्तगत कृष्णजन्माष्टमी निकै महत्वपूर्ण मानिन्छ । भगवती युवा क्लवले भगवती मन्दिर, न्यू ज्वाला क्लवले नारायण मन्दिर र एभरेष्ट क्लव र सुनगाभा क्लवले स्थानीय गणेश मन्दिरबाट कृष्णको जन्म गराउँदै आएका छन् ।
दैलेखको नारायण क्याम्पसको टाकुरा रामपुरमा यो बर्षबाट कृष्ण मन्दिर निर्माण सम्पन्न पश्चात उद्घाटन पछि सुनगाभा युवा क्लवले यो बर्षदेखि रामपुरबाट कृष्ण जन्म गराएको छ । नारायण नगरपालिका र स्थानीय समाजसेवीहरुको पहलमा मन्दिर निर्माण गरिएको हो ।









