नेपालका पार्टी विभाजन विगत र वर्तमान

सत्तामा पुग्ने बित्तिकै वा व्यक्तिगत इगोका कारण नेपालका राजनीतिक दलहरुमा वेला वेलामा विचलन आइरहेको छ । पछिल्लो नेपालको राजनीतिलाई विश्लेषण गर्ने हो भने कम्यूनिष्टहरु कहिल्यै एक हुँदैनन भन्ने बिश्लेषण चिर्दै माओवादी र एमालेको एकिकरण भयो, एकिकरण पछि लामो समयसम्म देशको आर्थिक संमृद्धिका लागि कम्यूनिष्टहरुले नेपालमा शासनसत्ता सञ्चालन गर्छन भन्ने विश्लेषण एकाएक फेरिएको छ ।
झण्डै दुई तिहाईको सरकार सञ्चालन गरेको नेकपा भित्र देखिएको विभाजन अहिले दुवै ठूला पार्टीभित्र व्यापक मात्रामा फुट देखिएको छ । सर्वोच्च अदातले एमाले र माओवादीलाई छुट्टाईदिएपछि नयाँ गठबन्धन सुरु भयो, गठबन्धन अनुसार अहिले अध्यादेशबाट एमाले बिभाजन भएको छ । २० प्रतिशतले दल बिभाजन गर्न पाउने अध्यादेशको एमालेले बिरोध गरिरहेको छ भने एमालेका माधव नेपाल समूहले पार्टी विभाजन गरेर नयाँ दल दर्ता भई सकेको छ । स्थानीय तहको निर्वाचनबाट निर्वाचित प्रतिनिधिहरुले समेत दल छान्न पाउने निर्णय अनुसार अहिले पालिका सम्म दल छान्ने काम सकिएको छ ।
अहिलेको एमालेको बिभाजन र केही बर्ष पहिले भएको एमालेको बिभाजनको आँकलन गर्दा पछिल्लो बिभाजनमा जनताहरु र स्थानीय तहका जनप्रतिनिधिहरु मध्यै करिव ८० प्रतिशत प्रतिनिधिहरु एमालेमै रहेको देखिएको छ । केही समयका लागि पार्टी विभाजन हुने र पुनः मिलन हुने क्रम पनि नेपालमा चलिरहेको छ ।
तत्कालिन समयमा नेपाली काँग्रेस सत्तामा जाँदा बिभाजन भयो, अहिले पुनः काँग्रेस एक भएर अघि बढ्ने संकेत देखिएको छ ।
तत्कालिन नेकपा माओवादी पनि धेरै चिरामा बिभाजन भयो, पार्टी बिभाजनको यस अघिको क्रमलाई हेर्ने हो भने माऊ पार्टी अर्थात संस्थापन पक्ष जहिले पनि बलियो नै रहेको देखिन्छ ।
विभाजन भएको नयाँ दलमा केही समय मानिसहरु विभिन्न स्वार्थले जम्मा हुने भएपनि नेपालमा विभाजन भएका कुनैपनि दलहरुको प्रगती हुन सकेको छैन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार