दैलेखका १६ सडक वर्तमान सरकारले कटायो


असोज ४, दैलेख
तत्कालीन प्रधानमन्त्री के.पी शर्मा ओलीले सडक पूर्वाधार कार्यक्रम अन्तर्गत १ सय ६५ निर्वाचन क्षेत्रमा निर्माण गर्ने भन्दै शिलान्यास गरेका १४ सय १० वटा सडक वर्तमान सरकारले बजेट नभएको भन्दै कटाएको छ । कटाइएका सडक मध्ये दैलेखका बिभिन्न स्थानमा जोड्ने १६ सडकहरु काटिएका छन् ।
नयाँ सरकार बनेपछि अघिल्लो सरकारले ल्याएको बजेटमा संशोधन गर्दै अर्थमन्त्री जनार्दन शर्माले प्रतिस्थापन विधेयक ल्याएका छन् । प्रतिस्थापन विधेयकबाट नै १४ सय १० वटा सडक आयोजना बजेट नभएको भन्दै खारेज गरिएको छ । सोही क्रममा दैलेखका बिभिन्न महत्वपूर्ण सडकहरु खारेजीमा परेपछि स्थानीय बासिन्दाहरु आक्रोशित बनेका छन् ।
आयोजना सुरु भएपछि बजेट नभएको भन्दै खारेज गर्नु राम्रो नभएको निर्माण व्यवसायिहरुले गुनासो गरेका छन् ।
बर्तमान सरकारले कटौतीमा पारेका सडकहरु मध्ये दैलेख बजार डाँडीमाँडी तिलेपाटा राकम हुँदै अछाम जोड्ने सडक, साँगेतडा डौसुर कुसापानी कालिकोट सडक, रुपाखेत खरिगैरा गैडावाज सडक, माथिल्लो डुङ्गेश्वर साखम्ब दुल्लू कुसापानी कालिकोट सडक, माथिल्लो डुङ्गेश्वर सातखम्ब दुल्लू कुसापानी सडक, तल्लो डुङ्गेश्वर सातखम्म दुल्लू पिपलकोट खुलालु सडक, दैलेख नौमूले सूचाडा जाजरकोट जुनी सडक, दैलेख धरमपोखरा गर्चा पिलाडी गुराँस गौरव मार्ग, दैलेख बजार डाँडीमाँडी बुढेली त्रिपाटा हुँदै अछाम जोड्ने सडक, नौमूले सल्लेरी सडक, लाँकुरी बाले डाउरेकखर्क हुँदै डुङ्गेश्वर गापा जोड्ने सडक, जाजरकोट धाराखोला देखि देउलकाँडा रातापानी सडक, गैडावाज रानिवन एकपाटे लालीकाँडा स्कुल हुँदै काँसिकाँध जोड्ने सडक, खम्ब कुसाँडाँ साँडु जोड्ने सडक, धिताहाँ छातिकोट सडक, तल्लो डुङ्गेश्वर दुल्लू सडक, वाग्मारे काउले डाँडातोरीघैरा सडक कुसापनी सडक लगायतका सडकहरु रहेका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार