भ्रष्टाचार नियन्त्रण अभियान प्रभावकारी बनाऔं

नेपालमा भ्रष्टाचार बढ्दै गएको बिषयमा अहिले बिभिन्न खाले टिका टिप्पणीहरु सुरु हुन थालेका छन् ।
पछिल्ला दिनहरुमा संस्थागत भ्रष्टाचारले बढावा पाएको छ । सत्तामा पुगेका व्यक्तिहरुले सत्ताको दुरुपयोग गरेर बिभिन्न खाले अनियमिततामा भाग लिएको देखिन्छ ।
नेपालमा पछिल्ला दिनहरुमा देखिएको राजनीतिक संक्रमणलाई व्यत्तिगत फाईदाका लागि अनियमितता गर्ने होडबाजी पनि चलेको छ । आफ्ना आफन्तहरुलाई सत्तामा पुगेकाहरुले भर्ती केन्द्र बनाउँदै लैजानु, बिभिन्न रोजगारीका अवस्थाहरु आएका बेलामा आफन्तहरुलाई नै बढी प्राथमिकता दिने काम तीनै तहका सरकारमा चलिरहेको छ ।
आफ्नो पार्टीका मानिसहरु रहेको उपभोक्ता समितिमा लाखौं रकम आँखा चिम्म गरेर हालिदिने प्रवृतीहरु मौलाउँदै गएको छ । नेपालको आर्थिक विकास र दिगो विकासको अवधारणालाई प्रभावकारी बनाउनका लागि सुशासन कायम गर्नु पहिलो दायित्व हो तर सुशासन एकदमै न्यून हुँदै गएको छ । अनियमितताका बिभिन्न गतिविधिहरु बढ्दै गएका छन् । समाजमा व्यप्त अनियमितता र भ्रष्टाचारले निकै ठूलो जरा गरेको अवस्था देखिएको छ । यसका लागि तीनै तहका सरकारले पारदर्शीता अभियानको थालनी गर्दै प्रभावकारी कार्यान्वयनतर्फ अघि सर्नुपर्ने अहिलेको आवश्यकता हो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार