क्षेत्र नं. २ प्रतिनिधि सभा एमालेभित्रै हेबीवेट प्रतिस्पर्धा

दैलेख : नेकपा एमाले संघीयत निर्वाचन क्षेत्र नं. २ मा एमालेभित्र हेबीवेटबीच टिकटको प्रतिस्पर्धा देखिएको छ ।
प्रदेश सभा सभामुख, पूर्व सांसद, वर्तमान सांसद, नेकपा एमालेका प्रदेश अध्यक्ष र प्रचार विभाग उपप्रमुख लगायतका हेबीवेट नेताबीच प्रतिस्पर्धा देखिएपछि पाँच जनाकै नाम सिफारिसका लागि पठाईने भएको हो ।
नेकपा एमालेका पोलिटव्यूरो सदस्य, पूर्व सांसद एवं दैलेख इन्चार्ज लक्ष्मी पोखरेल, प्रचार विभाग उपप्रमुख विष्णु रिजाल, प्रदेश अध्यक्ष बिनोदकुमार शाह, कर्णाली प्रदेश सभाका सभामुख राजबहादुर शाही, वर्तमान सांसद राजबहादुर बुढाको नाम संघीय सांसदका लागि सिफारिस गरिएको छ ।
पाँच जना हेबीवेटबीच संघीय टिकटका लागि प्रतिस्पर्धा देखिएपछि यसको निर्णय केन्द्रले गर्नेमा धेरै नेताहरु विश्वस्त छन् । केन्द्रमा पार्टी अध्यक्षले जसलाई टिकट दिएपनि सवै राजिखुसी भएर टिकट पाउने व्यक्तिलाई विजयी गराउन कस्एिको खण्डमा नेकपा एमालेका लागि क्षेत्र नं. २ चुनावी प्रतिस्पर्धा सहज हुने देखिन्छ ।
क्षेत्र नं. २ (क) प्रदेश सभाका लागि १० जनाको नाम सिफारिस भएको छ ।
नेकपा एमाले निर्वाचन क्षेत्र समन्वय समितिको बैठकले कर्णाली प्रदेशसभा सदस्य सुशील थापा सहित तिलक प्रसाद रिजाल, गंगाराम दाहाल, नवीन कुमार योगी, हिक्मत बिक, नर बहादुर थापा, कर्ण बहादुर शाही, चन्द्र पोखरेल, रमेश आचार्य र सावित्रा खड्कालाई सिफारिस गरेको हो ।
त्यस्तै निर्वाचन क्षेत्र नं. २ (ख) का लागि नन्दा कुमारी आचार्य, ओमजंग शाही, धीरबहादुर शाही, योगेन्द्र शाही, खड्गराज उपाध्याय, शेर बहादुर रावत, भरतबहादुर शाही, रामप्रसाद जैशी, बिनी शाहीको नाम सिफारिस गरेको छ ।

क्षेत्र नं. १
प्रदेश क र ख मा १५ जना
नेकपा एमाले क्षेत्र नं. १ प्रदेश (क) र (ख) मा १५ जनाको नाम सिफारिस गरिएको छ । १ (क) बाट तेजबहादुर चन्द, रत्नबहादुर खड्का, प्रेम थापा, गगन अधिकारी, डा. शुसिल शाही, पुर्णबहादुर शाही, मिनबहादुर बुढा, रिना पोखरेल रहेका छन् भने (ख) बाट हिमालयजंग शाह, कर्णबहादुर खड्का, प्रेमबहादुर खड्का, हिम ओली, दानबहादुर थापा, नन्दकिशोर बस्नेत र विष्णुकुमारी जैसीको नाम सिफारिस गरेको छ ।
सवै नामहरुको बारेमा प्रदेश कमिटीमा छलफल गरिने छ । प्रदेश कमिटिमा समेत टुंगो लाग्न नसके केन्द्रीय कमिटीमा नाम पठाउने तयारी नेकपा एमालेले थालेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार