दैलेख : दैलेखको नारायण नगरपालिका-९ साल खर्कमा ७० बर्से कविराज थापाले ४५ बर्से छोरा यादव थापालाई हँसिया प्रहार गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जानकारी दिएको छ ।
मङ्गलवार राति ११ बजे पारिवारिक विवाद भएको थियो कविराज थापाले मादक पदार्थ सेवन गरी छोरालाई खुर्पाले शरीरको विभिन्न भागमा प्रहार गरेका गरेका थिए ।
घाइते याद बलाई उपचारका लागि जिल्ला अस्पताल दैलेखमा ल्याइएको भए पनि उनको बाटोमै मृत्यु भएको अस्पतालले जानकारी दिएको जिल्ला प्रहरी कार्यालय दैलेखले बताएको छ ।
जिल्ला प्रहरी कार्यालयबाट प्र.ना.नि. रमाकान्त प्रसाद चौर सियाको नेतृत्वमा खटिएको प्रहरी टोलीले कविराज थापालाई घरबाट हँसिया (खुर्पा) सहित नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ ।









