माओवादीले विश्वासको बातावरण बनाउनुपर्छ

अहिले मुलुकमा दोस्रो संविधान सभा निर्वाचनको सामान्य हावा चलेको छ । काँग्रेस एमाले र माओवादी सहितको चारदलिय गठवन्धनले एकलौटी रुपमा चुनाव गर्न थालेको आरोप बैद्यय लगाएतका अन्य दलहरुले लगाईरहेका छन् ।
अँझै काँग्रेस र एमालेले एमाओवादी जिम्मेवार नभएको भन्दै बेला बेलामा भाषण गर्न थालेका छन् । आफु चुनावमा जित्ने पक्का नभए प्रचण्डले आफै चुनाव विथोल्छन् भन्ने आरोपहरु समेत अन्य दलहरुले लगाएका वेला गाउँ अभियानमा आएका नेता तथा कार्यकर्ताहरुले जसरी पनि चुनाव हुने विश्वास जनतालाई दिदै हिडेका छन् ।अव हुने निर्वाचन धाँधली रहित तरिकाले सम्पन्न हुन्छ की हुँदैन भन्ने दुवीधामा परेका आम नागरिकहरुको भावनाको कदर हुन्छ या हुँदैन त्यो भने मंसिर ४ गतेले नै जानकारी गराउने देखिन्छ ।
जनयुद्ध विश्राम पछिका दिनहरुमा केही माओवादी कार्यकर्ताहरुमा देखिएको व्यक्तिवादी चरित्र र आनिवानीले अहिले जनताहरुले विश्वास कम गर्ने हुन् की भन्ने आशंका समेत माओवादीभित्र पलाएको छ भने अर्कोतर्फ बैद्यय समुहले गरेको आन्दोलनले कुन रुप लिने हो त्यसवारे पनि माओवादी शंकामा     देखिन्छ । अव पुनः जनताका हक र अधिकारको सुनिश्चितताका लागि पनि मंसिर ४ गते निर्वाचन गरेर जनताको गुमेको अधिकार पुरा गराउन सवै दलहरु सक्षम हुने हुन् की होईनन् त्यो भने हेर्न बाँकी नै छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार