महाविपत्तिसँग बसरी जुध्ने ?

नेपालको रसुवा लगायतका बिभिन्न स्थानहरुमा अहिले बाढी पहिरोले महाविपत्ति निम्त्याएको छ । नेपाल प्राकृतिक तथा अन्य विविध विपत्तिका दृष्टिले उच्च जोखिममा रहेको मुलुक भएकोले पनि हरेक बर्ष बिभिन्न खाले विपत्तिको सामना सँगै सयौं नागरिकहरुले ज्यान गुमाउनु परेको छ भने ठूला ठूला भौतिक संरचनाहरु ध्वस्त हुने गरेका छन् ।

यस्ता सङ्कटको समयमा केवल भावुक वा निराश बनेर पुग्दैन; पूर्वतयारी, द्रुत प्रतिक्रिया र सुदृढ व्यवस्थापन नै जीवन रक्षा र पुनःउत्थानका आधार स्तम्भ हुनसक्ने देखिन्छन् । विपद् कतिवेला आउँछ भन्ने कुराको पूर्वानूमान नहुने भएकोले सरकारले यसवारेमा गहिरो अध्ययन र अनुसन्धान गरेर जोखिम बस्तिहरु स्थानान्तरण, संरचना निर्माणका बेलामा अपनाउनुपर्ने सुरक्षा लगायतका बिषयहरु सँगै प्रभावकारी पूर्व तयारी अहिलेको आवश्यकता हो ।

बिशेष गरेर नदी तटीय क्षेत्र र पहिरोको जोखिम भएका ठाउँहरूमा आधुनिक पूर्वसूचना प्रणाली स्थापना गरी समयमै सतर्क गराउनुपर्ने बारेमा बिशेष ध्यान दिनुपर्ने देखिएको छ ।

बिभिन्न खाले पूर्वाधार निर्माणमा आचारसंहिताको पूर्ण पालना गराउने र सार्वजनिक स्थल स्कुल, अस्पताल, सामुदायिक भवन हरूलाई विपद्–प्रतिरोधी बनाउनुपर्ने, नागरिक तहमा प्राथमिक उपचार, खोज तथा उद्धारसम्बन्धी नियमित अभ्यास सञ्चालन गरिनुपर्ने आवश्यकता देखिन्छ । यो सँगै विपद् आईसकेपछि पनि प्रभावकारी रुपमा खोज तथा उद्धारका कामहरु गर्नुपर्ने देखिन्छ । आपतकालिन अवस्थामा आम नागरिकहरुलाई सहि सूचना प्रवाह गर्नेबारेमा पनि आम नागरिकहरु र सञ्चार माध्यमहरु चनाखो हुनुपर्ने देखिन्छ ।

विपद्को अवस्थामा आफन्त गुमाएकाहरु, घरवार बिहिन भएकाहरु मानसिक रुपमा बिछिप्त हुनसक्ने भएकोले मनोसामाजिक परामर्शको बिषय पनि सँगसँगै लैजानुपर्ने देखिन्छ ।

प्रकृतिमैत्री विकासः वातावरण विनाश नगरी गरिने दीगो विकासका नीतिहरू अपनाउँदै यस्तो विपद्को घडीमा आम नागरिकहरु, सबै सार्वजनिक निकायहरु, सबै राजनीतिक दलहरु एक भएर सामना गर्नु नै सबैभन्दा महत्वपूर्ण कुरा हो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार