जिल्ला जिल्लामा जनतालाई प्रत्यक्ष रुपमा सेवा सुविधा दिने उदेश्यले स्थापना गरिएका सरकारी कार्यालयहरु आफै विरामी परेपछि उक्त कार्यालय बाट जनताले के सेवा पाउने यस्ता कार्यालय स्थापन जनता झुक्याउनु भन्दा नखोलिएकै राम्रो हुन्छ ।
यस्तै बन्न पुगेको छ सिंचाई सम्वन्धि कामहरु गर्दै आएको दैलेखको सिंचाई कार्यालय विगत पाँच बर्षदेखी बेवारीसे अवस्थामा छोडिएको भवन ।
बेवारीसे अवस्थामा रहेको उक्त भवनमा आजभोली नराम्रा गतिविधी गर्ने स्थल बन्नुले उक्त कार्यालय प्रति सकारात्क सोच्च राख्ने जो केही पनी छि छि गर्न बाध्य छन् ।
सिचाई कार्याल स्थापना गरेर मात्र हुदैन त्यस बाट सेवा सुविधा पनि दिनुपर्ने हो तर भवनको अवस्था समेत नाजुक वन्दै गएको छ भने सुरक्षा राम्रो नभएकै कारण कार्यालय भित्र रहेको सवै सामाग्रीहरु लाथालिगं छरिएर रहेका छन् । जिल्ला सिंचाई कार्यालहुँदा देखी स्थापना गरिएको कार्यालय शव डिभिजन ईकाई कार्यालय हुँदा दैलेखमा सिचाई मन्त्री बालकृष्ण खाँणले उद्घाट गरेपश्चात कर्मचारी र अन्य अभाव भएको भन्दै कर्मचारीहरु सुर्खेत गएपछि हालसम्म सरकारी कार्यालय सौचालयमा परिणत भएको छ ।
आफ्नै भवन भएपनी दैलेख लगाएतका अन्य पहाडि जिल्लाहरुको सिंचाई सम्वन्धि कामहरु सुर्खेतवाटै हेरेपछि सिंचाई सम्वन्धिका कामहरुको गुणस्तरमा समेत कमि आउने गरेको छ । उतm भवको सुधारको लागी तत्काल संवन्धित पक्षले उचित कदम चाल्नुपर्ने देखिन्छ । यी र यस्ता खाले भवनको पहिचान गरि जिल्लामा रहेका आफ्ना भवन नभएका सरकारी कर्यालयलाई दिदा भवनको सदुपयोग हुने देखिन्छ ।





