अझँ कडा हुनुपर्छ परिक्षा

परिक्षामा चिट चोराउन नदिएको भन्दै दुई बर्ष अघि कुसापानीका विद्यार्थी र अभिभावकहरुले प्रहरी चौकीमा आक्रमण गरे । परिक्षा मर्यादित बनाउन हिडेका सिडियो र जिल्ला शिक्षा अधिकारीको गाडी समेत तोडफोड भयो । कतिपय पूर्वी क्षेत्रका दुर्गम परिक्षा केन्द्रहरुमा कालो पाटीमा उत्तर लेखेरै कतिपय परिक्षा सम्पन्न गरिएका खबरहरु पनि आए । गतबर्ष गैडावाजमा भएको परिक्षामा हुल हुज्जत गरेको भन्दै दर्जन भन्दा बढी मानिसहरुलाई प्रहरीले पक्रेर ल्यायो ।
एउटा विद्यार्थी परिक्षा दिनुपर्ने भएपछि उसलाई चिट लेख्ने १ जना, चिट ओसार पसार गर्ने एक जना, फोटोकपी गर्ने एकजना, अन्य सहयोगी दुईजना गरेर १ परिक्षार्थीको पछाडी पाँचदेखी ६ जना मानिसहरुको ताँती लाग्ने गर्दथ्र्यो ।     प्रहरीले र जिशिकाले अलि जिम्मेवार बन्न खोजे ढुंगामुडा गर्ने विगतको प्रचलन यसबर्षको एसएलसी परिक्षामा भने निकै कमी आयो र परिक्षा पनि मर्यादित बन्यो त्यसैले जिल्लाभरको परिक्षामा जम्मा ११ प्रतिशत विद्यार्थी मात्र उर्तिण भए । जिल्लामा हाल संचालनमा आएका ४८ वटा उच्च माविहरु बन्द हुने अवस्थामा छन् । किनकी विद्यार्थीहरु नै नभएपछि कसरी उच्च मावि संचालनमा ल्याउने अव समस्या परेको छ तर यसको दिर्घकालिन प्रभाव भने राम्रो देखिने संभावना बढेको छ । किनकी अवका परिक्षाहरुमा विद्यार्थीहरुले मेहनत गर्ने देखिएको छ । जिल्लाको समग्र परिक्षा प्रर्णालीमा सुधार ल्याउनका लागि अmँभै कडा गर्नुपर्ने अवस्था आएको देखिन्छ । जवसम्म परिक्षा प्रर्र्णालीमा सुधार हुँदैन तवसम्म यस क्षेत्रको शैक्षीक स्तर उठ्नेवाला छैन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार