केही त लेख्नैपर्छ

आज नौ बर्ष भएछ हेर्दाहेर्दै पत्रकारिता   गरेका दिनहरु पनि एकपछि अर्को गर्दै ओझेलमा पर्दै गएछन् क्यार ? साँझ दश बजेपछि भोलिको अंकको लागि केही लेख्नुपर्र्यो भनेर मगजमा उब्जिएका विभिन्न बिषयहरुलाई थाँती राखेर पत्रकार डेकेन्द्रराज थापाको नवौं पुण्यतिथीको तयारीका बारेमा केही लेख्नुपर्छ भनेर सोच   गरें अनि लेख्न सुरु गरें । बास्तवमा   पत्रकारितामा लागेर आफ्नो ज्यान आहुती दिएका दैलेखका अमर पत्रकार स्वर्गीय डेकेन्द्रराज थापालाई पुनः भावपुर्ण श्रद्धान्जली अर्पण गर्दछु । जसले यो देशको लागि आफ्नो बलिदानीलाई अगाडी बढाए । जनतालाई खोपानीको लागि भनेर वार्ता गर्न गए अनि माओवादीको कब्जाबाट उम्किन पाएनन् आज केही मान्छेहरु त कानुनी कठगरामा छन् तर पुर्ण न्यायको आशा गर्ने अँझै ठाउँ छैन् ।
केही शाहसीक योद्धाहरुका कारण चारबर्षपछि उनको बेपत्ता शव पत्ता लाग्यो, उत्खनन् भयो, त्यसपछि बहादुर केही सिपाहीका कारण उनको हत्यामा संलग्नलाई कार्वाहीको केही प्रयासहरु भएका छन् । अँझै मुख्य अभियुक्तहरु माओवादीका केन्द्रिय नेताहरुको संरक्षणमा छन् । जे होस् कानुनले केही हदसम्म भएपनि आफ्नो न्यायको पाईला अगाडी बढाएको छ । विगतका बर्षहरुमा लेख्ने विभिन्न अन्याय भएका विषयहरुभने यो बर्ष उठाउनु परेन किनकी कानुनले पनि केही हदसम्म प्रयास थालेको छ
तर सरकारसँग अर्को जोडदार माग गर्नुपर्ने बेला आएको छ । भिरवाट खसेकाहरु, ट्याक्टर दुर्घटनामा परेकाहरु आफ्नो सरकारको पालामा हुँदा सवै दलहरुले सहिदको लिष्टमा राखेका छन् त्यो सहिदको अपमान हो तर जसलाई राज्यले सहितको नाम लेख्नुपर्ने हो त्यस्ता व्यक्तिहरु अहिलेपनि सहिद बन्न सकेका छैनन् । आम दैलेखी जनताहरुको एउटा अर्को जोडदार माग रहेको छ । तत्काल स्वर्गीय पत्रकार डेकेन्द्रराज थापालाई सहिद घोषणा गरिनुपर्छ ।
मलाई मुखमा पट्टी वाँधेर शव खोज्दाको याद आउँछ । जतिवेला कठिन अवस्था थियो । द्धारी जाउँ भन्दा काठमाण्डौं हिड्नेहरुले त्यतीवेलाको त्यो भूमरिभित्र केही पत्रकारहरुलाई मात्र पारेर आफु सोझै उम्कन खोजेका थिए तर हाम्रा केही साथिहरु जसको आदम्य साहसका कारण सफलता मिल्यो । अहिले केही मान्छेहरु तत्थ्य बंगायर आफुलाई माथि उठाउन  खोजिरहेका छन् ।
कसैलाई माओवादी त कसैलाई केही भनेर भ्रम सृजना गर्दैछन् । हरेक अनुसंन्धानहरु बास्तविक भूमरिभित्र रहेर हुनुपर्दछ त्यो भैरहेको छ र जो वास्तवीक अपराधिहरु हुन् तीनिहरुलाई कार्वाही हुनुपर्दछ तर विगतमा जतिवेला पक्राउ पारेर अनुसंन्धान थालिदै थियो केही जिम्मेवार    तर निकै फटाहा मध्येकाहरुवाट बास्तवीक पर्दाको खोल ओडेर त्यही बाहनामा दाम कमाउने र आफ्ना रिस परेकाहरुलाई सक्याउने खेल खेल्न सुरु भएको देखिएको थियो खैर त्यो भने हुन   पाएन ।
अहिलेपनि दरिद्र प्रवृती बोकेकाहरु नभएका होईनन् जो धमिलो पानिमा माछा मार्न सँधै तल्लिन छन् बास्तविकतालाई भगवानले पनि रक्षा गर्दा     रहेछन् भन्ने पाठ त्यस्ता मान्छेहरुले पाईसकेका छन् ।
म यहाँ भन्दा धेरै लेख्नुपर्ने जरुरी ठान्दिन् । ईतिहँसमा कसले के गर्र्यो भन्ने कुराको हेक्का    राख्न र सम्मान गर्न नसक्नेहरुलाई मेरो यतीमात्रै सुझाव । पत्रकार डेकेन्द्रराज थापा सँधै अमर       रहिरहनेछन् । उनकै प्रेरणाबाट जन्मेका हामी पत्रकारहरु आज कोही सरकारी विल भर्पाईमा क्यामेरा खरिद देखीका अन्य विभिन्न आचारसहिंता उलंघनका चर्चा परिचर्चाभित्र परिरहेका छौं । कसैले गरेहोलान्, कसैले गरेनहोलान तर बास्तविकताको खोजी भएको छैन हावाकै भरमा पत्रकारहरु दौडेका छौं त्यसले हाम्रो पुस्तालाई कतै अन्याय हुने त होईन त्यो पनि ख्याल गर्नुपर्ने देखिन्छ । गत महिना मात्रै एउटा फेसवुकमा आएको स्टाटसलाई पढ्दा झनै अनौठो लाग्यो के हामी सवै पत्रकारहरुको वास्तवीकता त्यही हो त ? यसको खोजी गर्ने क्षमता छ की छैन पत्रकारहरुमा ।
यदी बास्तविक हैन र जिम्मेवार पत्रकारहरुमाथि भ्रम सृजना गरिएको हो भने त्यसको विरुद्धमा उत्रने जर्मको गरौं । हिजो पत्रकारिता गरेका अग्रजहरु आज आफुले लेख्न छोडे भन्दैमा सवै पत्रकाहरुको खिल्ली उडाउँदै सडकमा कुर्लिने काम नगरौं । आफु आचार सहिंता उल्लंघन गर्ने अनि अरुलाई दोष लगाएर दारु भट्टीभित्र रमिता देखाउने काम नगरौं ।
अग्रजहरुले हिजो देखाएको वाटोलाई कतै हामीले चाहेर विर्सदैं छौं वा रिसको भरमा यो आरोप लगाएका छौं । अग्रजहरुले पनि आफु अग्रज बनेर अरुलाई राम्रो वाटो देखाउनतर्फ लाग्नुपर्ने हो की । हरेक व्यवसायमा प्रतिश्पर्धा हुन्छ त्यो स्वभाविक हो तर रिसको रुपमा प्रतिस्पर्धालाई अगाडी बढाँदा सवैलाई फाईदा केही क्षणका लागि होला तर सदैव यसले पक्कै फाईदा पुग्नेवाला छैन् ।
आफुले भ्रम सृजना गरेर अर्कोलाई भूमरिभित्र फसाउँछु भन्ने चाहना बोक्नेहरुलाई थाहा हुँदैन आफु नै त्यो भूमरिमा फसेको छु भनेर त्यसैले अर्कालाई खनेको खाडलले आफुलाई समेत पुर्छ भन्ने कुरालाई आत्मसाथ गरेर अगाडी बढ्नुपर्ने देखिन्छ ।
अग्रज पत्रकार डेकेन्द्रराज थापाको जस्तै शाहसीक, निडर र कर्तव्यपथमा लाग्न सवैलाई अनुरोध गर्दछु । र त्यही वाटोलाई अनुसरण गर्दै विगतमा हामिले    गरेका व्यवसायिक एकताका विभिन्न प्रयासहरुलाई संस्थागत गर्दै आगामी दिनहरुमा पुनः यसको सुरुवात गर्न समेत सवैलाई आग्रह गर्दछु । किनकी अहिले सदरमुकाममा वसेर काम गर्ने करिव डेढ दर्जन बढी सक्रिय पत्रकारहरुका पनि विभिन्न पक्ष र विपक्षका भाषणहरु सानो सदरमुकाममा यत्रतत्र छताछुल्ल पोखिएका छन् । आफ्नो संचार संस्था वा अन्य आफ्ना राम्रा पक्षका लागि गुठबन्दि राम्रो हो तर कसैलाई सक्याउने भन्दै गुठबन्दि गर्ने विगतको चलन अहिलेपनि कायमै छ ।
देख्दा थोरै देखिने तर विभिन्न विचार र विभिन्न दृष्टिकोणबाट भिन्न भएका संचारकर्मीहरुले आफ्नो व्यावसायीक मर्यादालाई आत्मसाथ गरि अगाडी बढेको खण्डमा भोलिको ईतिहाँसले पनि दैलेखको पत्रकारितालाई सम्मान गर्ने समय आउने पक्का छ तर अँझै पनि खाल्डे भूमरिको सपना देखिरहनेभने भोलि पनि पक्कै राम्रो नहुने निश्चित छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार