एकताका भारतका विभिन्न भू भागहरुमा दैलेखका युवादेखी बृद्ध सम्मका मानिसहरुको ओईरो लाग्ने गर्दथ्यो । पहाडी भू भाग र उत्पादनमा हुने कमिका कारण मानिसहरुको अन्य रोजगारी नभएपछि भारतका विभिन्न स्थानहरुनै महत्वपुर्ण आर्थिक उपार्जन र रोजगारीको सजिलो स्थान बनेको थियो ।
हिजो पुर्खाहरुले भारत गएर आफ्ना श्रमहरु खर्च गरे तर अहिले भारत भन्दा अलिकति स्तरमा बृद्र्धी भएको देखिएको छ । आजभोली पनि भारत पलायन हुनेहरुमा उल्लेख्य परिवर्तन हुन नसकेपनि कतिपय मानिसहरु भारत भन्दा अलि टाढाका मुलुकहरु दुवई, मलेसिया, कतार, देखी अमेरीका र जापान सम्म पुग्न सफल भएका छन् । यसले वार्षिक रुपमा बाहिरबाट भित्रने रेमिट्यान्समा बृद्र्धी भएको छ । विगतको तुलनामा केही आयस्तरमा सुधार देखिएको छ । तर समस्या भने अँझै सुल्झिन सकेको छैन् कीनकी सवै युवाहरुले स्वदेशमै परिश्रम गरेको भए त्यसको प्रत्यक्ष असर नेपालमै पर्ने थियो तर योग्यता क्षमता लगायतका अन्य विभिन्न समस्याहरुका कारण युवाहरुमा विदेशमोह निकै धेरै बढेको छ ।
आफसँगैको साथि तीन–चार बर्ष विदेश वसेर लाखौं कमाएर ल्याएपछि उसको जीवनमा भएको परिवर्तनले धेरैलाई विदेशको मोह बढेको छ तर त्यहाँ हुने विभिन्न घटना, समस्या र दुर्घटना सँगै मृत्यु सम्मका घटनाहरु पनि नभएका होईनन् । विदेश रहर नभएर बाध्यता भएको छ भने कतिपयले विदेशबाट आर्जन गरेर नेपालमा निकै धेरै नमुनाका आर्थिक उर्पाजनका कामहरु समेत गर्न सफल भएका छन् । नेपालमै युवाहरुको रोजगारी दिलाउन सरकारले गरेका विभिन्न प्रयासहरुलाई अँझै प्रभावकारी वनाउनु आजको आवश्यकता हो ।





