चुनावमा अनुकुल र प्रतिकुलताको खोजी

आफुहरुले आफ्नो सत्ता अर्काको हातमा सुम्पेका दलहरुले पुन ः त्यो सत्ता हात पार्नको लागि अनुकुल र प्रतिकुलताको खाजी गरिरहेका छन् किनकी चुनाव हुन्छ भन्ने निश्चितता भएपछि पुनः मतदाता नामावलीको म्याद समेत थपिएको छ । विगतमा मतदाता नामावलीमा नाम लेखाउन छुटेकाहरुले अव एक हप्ता भित्र नाम लेखाईसक्नुपर्ने भएको छ । यसले चुनवा अव त हुन्छ की भन्ने महसुस गरिएको छ । निर्वाचनको मिति नजिकीदै गर्दा संविधानसभा निर्वाचनको पक्ष र विपक्षमा दलहरु विभाजित छन् । यथास्थितिमा चुनावको विपक्षमा नेताहरु आफ्नो माग सम्बोधन नभए चुनावहुन नदिने अडान र उच्चस्तरीय राजनीतिक समितिमा आवद्ध दलहरुका नेताले मंसीर ४ गते निर्वाचन गराउने तयारी सँगै दलहरु बीच मतभेद बढेको छ यसले चुनाव हुँदैन की भन्ने तर्क अर्कोतर्फ उठेको छ । चुनावको मिति र प्रधानन्यायाधीश खिलराज रेग्मी नेतृत्वको सरकार फेर्ने कुरा बाहेकमा सहमति र विमति भइरहँदा नेताहरु आ–आफनो हठ प्रदर्शनमा जुटेका छन् । दुवै पक्षको अडानले जति वार्ता गरे पनि निष्कर्ष निस्किने अवस्था देखिदैन अर्कोतर्फ केही दलहरुले भित्रि रुपमा जनताहरु आफु अनुकुल छन् की छैनन् भनेर गोप्य तथ्याँकहरु समेत संकलन गरिरहेका छन् । प्रतिकुल भए ठिकै छ भन्ने पनि भित्रि चाहनाले गर्दा चुनावमा अँझै समस्या देखिने देखिएको छ । बाहिरी रुपमा एक कुरा र भित्रि अर्को कुराका कारण अँझै जनताहरु नै अन्यौलमा पर्ने देखिन्छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार