बास्तवमै नीति संगतका कामहरुका लागि सवै तह क्षेत्रका मानिसहरुले आ आफ्नो आचारसंहिता र व्यावसायिक धर्म निर्वाह गर्नुपर्ने आवश्यकता देखिएको छ ।
जिल्लामा रहेर सक्रिय नभएका संचारकर्मिहरुलाई सक्रिय बनाउने भन्दै नेपाल पत्रकार महासंघ जिल्ला शाखा दैलेखले पठाएको पत्र पश्चात कतिपय संचारकर्मिहरुको सक्रियता बढेको छ । कतिपयले राम्रो कुरा हो व्यवसायिक मर्यादा कायम गर्नलाई महासंघले चालेको कदमको स्वागत गरेका छन् भने कतिपयले फरक तरिकाको बुझाई गरेर नयाँ रणनीति र परिकल्पना समेत गरेका छन् ।
दैलेखको पत्रकारिताको ईतिहाँसको कालखण्डलाई हेर्ने हो भने विगतदेखी नै विभिन्न आरोह र अवरोहसँग जुध्धै आएको कुरा कसैका सामु भनिरहनु पर्दैन तर वेला वेलामा हुने आन्दोलन र अन्य व्यवसायिक मर्यादाका कुराहरुमा कही कतैवाट पत्रकारिताको धर्ममाथि संकट पैदा गर्ने काम भयो की भन्ने सोच दैलेख शाखाले बोकेर सायद सत्रिय बनाउन पहल थालिने र त्यसो गर्दा पनि नहुने अवस्था आए निश्क्रिय रहेकाहरुलाई सुद्धिकरण गर्ने यो अभियान वास्तवमै निकै राम्रो हो ।
तर विगतदेखी कै समस्या भन्ने हो भने चुनावका बेला आ आफ्नो पक्षमा बहुमत र अल्पमत अनि संगठन भित्रै हुने अन्तरघात जस्ता विभिन्न बिकृर्तीहरुकै कारण पार्टीको उच्च ओहदा सम्मका व्यक्तिहरु समेत दैलेखक शाखाको सदस्यमा रहेका छन् । यस्ता कुराहरुलाई विद्यान संवद टुगो लगाउनु आजको आवश्यकता हो । जवसम्म यो समस्या समाधान हुन सक्दैन तवसम्म दैलेखको पत्रकारिता पनि स्पष्ट रुपमा अगाडी बढ्न सक्ने देखिएको छैन् । एकजना मित्रले भन्नु भएको थियो पत्रकारहरुवाटै दैलेखका व्यवसायिक पत्रकारहरुमाथि खतरा उत्पन्न हुनेवाला छ । त्यो हुन कदापी दिनुहुँदैन र पत्रकार महासंघले निश्पक्ष रुपमा सुद्धिकरण अभियान संचालन गर्नु आजको आवश्यकता हो ।





