डामाडोल गाइजात्रा

आज गाईजात्रा नेपालभर यसलाई बिशेष पर्वको रुपमा मनाईन्छ । गाईजात्राको भिन्न संवाद छ किनकी आजको दिनमा रचनात्मक तरिकाले जिम्मेवार निकायहरुलाई छेडछाड गर्ने अनि उनिहरुले गरेका गल्तिहरु औल्याएर आगामी दिनहरुमा यस्ता कमि कमजोरीहरु दोहोरीन नदिनलाई पनि यो दिनले विशेष महत्व राख्दछ ।
संविधान सभाको चुनाव दिनप्रतिदिन नजिकिँदै जाँदा ठुला भनिने दलहरुबीच अहिले गाईजात्राझै गरि लडाँई परिरहेको छ । रचनात्मक रुपमा मुलुकलाई निकाश दिनको लागि दलहरु एकै ठाउँमा उभिन सकेका छैनन् किनकी उनीहरु वीच देखिएको गाईजात्राले मुलुकनै शंकटमा पर्ने खतरा बढेको छ ।
आज बिशेष दैलेको कुरालाई यहाँ प्रस्तुत गर्नुपर्ने हो तर सामान्य मात्रै लेख्न चाहान्छु किनकी यहाँ विशेष रुपमा अनुसंधान गरेर पत्रकारिता गर्ने हो भने पचास ठाउँबाट मार्ने धम्कि आउँछ । एउटा पत्रकारले अनुसंन्धान गरेर समाचार लेख्छ अर्को पत्रकार गएर उहीसँग बसेर मस्त दारु खान्छ अनि विभिन्न रुपबाट व्यवसायिकहरुलाई फसाउने तानावाना बुन्छ ।
रक्सिको झोकमा ज्यान मार्ने धम्की दिन्छ भोलिपल्ट चेत खुलेपछि माफी माग्न आउँछ । यस्तो दैलेखमा के कुरा राम्रो होला भनेर कल्पना गरौं सवैतीर डामाडोल छ । बाटोको नाममै भ्रष्टाचार भएको छ , पुजाको नाममै भ्रष्टाचार भएको छ । पत्रिकाको नाममै भ्रष्टाचार भएको छ । सरकारी विल भरपाईको नाममै भ्रष्टाचार भएको छ । सजिलो कही पनि छैन गतिलो कतैपनि देखिदैन् ।
यसमा कुनै व्यक्ति, वर्ग, पक्ष वा सिदान्तको दोष देखिनु स्वभाविक हो तर यस्ता वदमासहरुलाई कार्वाही गर्ने ठाउँमै भ्रष्टहरु बसेपछि झनै कसको के नै पो लाग्छ र ?
यी सवैको एउटामात्र मुल जारो हो डामाडोल       राजनीति जवसम्म राजनीतिले स्थायित्व लिन सक्दैन तवसम्म सवै क्षेत्र र वर्गहरुमा देखिएको डामाडोल अवस्थाको केवल मापन वाहेक निराकरण निकै असम्भव देखिन्छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार