दैलेखको पर्यटन पर्वद्धनका लागि पछिल्ला बर्षहरुमा गरिएका केही प्रयासहरुले यसको ओझ अँझै बढाएको छ । पर्यटन विकासका लागि बेला बेलामा राष्ट्रिय स्तरका ख्याती प्राप्त व्यक्तिहरु समेत यो जिल्लामा आउने गर्दछन् र उहाँहरुले दैलेखको बिषयमा लेखेका केही उल्लेख्य कुराहरुले पनि दैलेखको ऐतिहाँसिकताको प्रचारमा सहयोग पुगेको छ । कस्तुरीको वीना खोजेझै दैलेखको पर्यटन भनेर डा प्रेम शर्माले दैलेख भ्रमण पछि लेखेको लेखको मलाई याद आएको छ । बास्तवमै दैलेख र कालिकोटको सिमानामा पर्ने महावु गाथ आन्तरिक मात्र हैन वाह्य पर्यटकहरुका लागि पनि गतिलो गन्तब्य हुन सक्ने प्रचुर संभावना रहेको छ किनकी । दैलेख हुँदै जुम्ला, हुम्ला सम्मका पर्यटकहरुका लागि महावु स्थान निकै रमणीय र मनमोहक छ नै त्यसमाथि भगवान शिवको उत्पतीको ईतिहाँसलाई हेर्ने हो भने पनि नेपालमा धार्मिक पर्यटनको मात्रै पर्वद्धन गर्न सके महावु गतिलो गन्तब्य हुन सक्ने देखिन्छ ।
माल पाएर पनि चाल नपाएको दैलेखको पर्यटन अहिले अलिकती भएपनि बामे सर्ने अवस्थामा छ तर विजोग के छ भने सामान्य रुपमा आएका पर्यटन विकासका कामहरुमा समेत सम्वन्धित निकायहरुले गरेको अनियमितताका कारण कामहरुमा पारदर्शीता नदेखिएकोले पनि नेपाल सरकारले दैलेखको पर्यटन विकासमा त्यती चासो नदेखाएको देखिन्छ । दैलेखमा मात्रै विगत दुई बर्षदेखी ७० लाख पर्यटकीय क्षेत्र सुधारका लागि आएका छन् तर कुनैको काम राम्रो देखिएको छैन् ।





