जिल्लामा लगातार भएको बर्षातले अधिकाँस स्थानमा रहेका मानिसहरुको धन र जनको क्षती भएको छ । दैलेखका पुर्वी क्षेत्र, पश्चिमी क्षेत्र लगाएतका विभिन्न क्षेत्रहरुमा आएको बाढी पहिरो र अन्य द्दैवी प्रकोपका कारण करोडौंको क्षती भएको छ । यसको तत्काल रोकथामका लागि नेपाल सरकारले नै तत्काल बजेट लगाएतको पहल थाल्नुपर्ने वेला देखिएको छ ।
दैलेखको पश्चिममा पर्ने सिहांसैन गाविस ९ का वासिन्दाहरु यतिवेला पहिरोले गाउँ नै वगाउने भएको भन्दै गुहार माग्न जिल्ला प्रशासनमा उजुरी दिन आएका छन् ।
जिल्ला प्रशासन कार्यालय दैलेखमा समेत यतीवेला सयौं उजुरीहरुको थान भेटिन्छ । किनकी जिल्लाका विभिन्न भू भागहरुमा देखिएको पहिरोको समस्यालाई दिगो रुपमा समाधान गर्नुपर्ने आवश्यकताको खोजी भैरहेको भएपनि यसको निराकारणको वारेमा भने उचित पहल हुन सकेको छैन् । २०६१ सालदेखी लगातार पहिरोले गाउँ वस्ति उठाउने गरि क्षती भएको सिंहासैन मात्र हैन मध्यपहाडी राजनमार्गले पारेको प्रभावलाई समेत दिगो समाधानका लागि समयमै उचित पहल गर्नको लागि सरकारले यसवारे चासो देखाउनुपर्ने वेला आएको छ ।





