सामाजीक संस्थाको राम्रो काम

दैलेखमा काम गरिहेका विभिन्न गैर  सरकारी संघ संस्थाहरुको पृष्ठभूमि फरक –फरक प्रकृतिको छ । कतिपयले जनचेतनामुलक क्रियाकलापहरु गरिरहेका छन् त कतिपयले अन्य विकासे वा अरु ।
त्यसमध्ये धेरैले सवै प्रकारका काम गरेका छन् । यो मात्रै गर्ने भनेर कुनै गैर सरकारी संस्थाको स्थापना भने हुन सकेको देखिदैन् । जुन परियोजनाले जस्तो काम दिएको छ त्यस्तै प्रकृतिका माहरु हुँदै आईरहेका बेला सामाजिक सेवा केन्द्रका अध्यक्ष हिरासिंह थापाले भने आफ्नी स्वर्गीय आमाको सम्झनामा प्रत्येक बर्ष जिल्लामा क्रियासिल पत्रकारलाई पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ । यो सामाजिक संस्थाको एउटा निकै राम्रो र महत्वपुर्ण काम भन्न सकिन्छ किनकी महिला, वालवालीका र दलितका विषयहरुमा खोजी गरेर समाचार संम्प्रेषण गर्ने पत्रकार र संचार संस्थालाई सम्मान गर्ने निर्णयले पक्कै पनि पैरवी र वकालतको क्षेत्रमा यसले ठूलो योगदान दिन सक्छ । बिशेष महत्वपुर्ण मानिएको पत्रकारिता क्षेत्र र त्यसमा लागेका पत्रकारहरुलाई समाचार संप्रेषण गर्न हौसला मिल्ने देखिएको छ । यसले जिल्लामा महिला, दलित तथा बालबालीकाहरु माथि भएका विभिन्न अपराधहरु न्यूनिकरणमा पनि सहजता पुग्ने देखिन्छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार