दैलेखमा लुकेर रहेका कला र सँस्कृतिको संरक्षणका लागि आजभोली सनातीना कामहर भएको देखिएको छ । परम्परा सँगै जोडिएको कला सँस्कृतिको संरक्षण गर्न सके जिल्लाको आर्थिक अवस्था सुधार हुनुको साथै जिल्लामा आन्तरिक र बाह्य पर्यटकहरुको समेत आगमन हुने देखिएको छ ।
दैलेखमा एक महिना सम्म चल्ने बर्षे मेला सम्पन्न भएको छ । सामाजिक सद्भाव कायम गर्दै समुदायका मानिसहरु मिलेर सदरमुकाम दैलेख बजारमा संचालन गरिएको एक महिने मेलाले आपसी भाइचारा कायम गर्नुको ुसाथै जिल्लामा आन्तरिक पर्यटनमा समेत निकै बृद्र्धी गर्ने गर्दछ । विगतमा देखिएको कला सँस्कृति पछिल्ला पुस्ताहरुमा हस्तान्तरण हुन नसकेकै कारण कतिपय सँस्कृतिहरु अपभं्रस भएर समेत आएको देखिन्छ । यसको एउटामात्रै समस्या हो यूवा पुस्ताहरुमा सँस्कृति हस्तान्तरण नगरिनु ।
मुख्य रुपमा लाखे जात्रा, टाकटुके जात्रा, रोपाँई जात्रा, बाघ जात्रा, जोगी जात्रा हुँदै अन्तिम दिन अर्थात कृष्णा अष्ठमीको राती कृष्णको जन्म गराई भोलिपल्ट कृष्ण र कंशको रुपमा लाखेलाई बजार परिक्रमा गराई बध गर्ने पुरानो परम्परा अहिलेपनि यूवाहरुले बचाईरहेका छन् ।








