जनतालाई सुलभ मासु उपलब्ध हुनुपर्छ

जिल्लामा आजभोली सवैभन्दा बढी बिक्रि हुने के चिज हो ? भनेर सोध्दा सवैको मुखमा सजिलै झुण्डिने गर्दछ मासु र रक्सि । पछिल्लो समयमा दैलेखमा बढी चलेको मासु र रक्सि सेवनको मात्र हिसाव किताव गर्ने हो भने मासिक करोड भन्दा बढी रकम त्यसमै खर्च हुने विश्लेषण गरिएको छ ।
जिल्लामा गरिवी निवारणका नाममा प्रत्येक बर्ष करोडौं रकम खर्च गरिएको छ त्यसको तुलना हेर्ने हो भने पनि २५ देखी तीस प्रतिशत रकम उन्नत बाख्रापालनमै खर्च भएको देखिन्छ तर जिल्लामा मासुको भने सँधै अभाव हुने गर्दछ । खसि व्यवसाय गर्ने व्यवसायिकहरुको समेत जिल्लामा कमि भएपछि व्यक्तिगत रुपमा परिवारमा मासु खानेहरुले मासु नपाएको गुनासो गरेका छन् ।
केही साता अघि मात्रै बधसालामा मासु काटेर बिक्रि वितरण हुन थालेपछि सडकमै एका विहानै खसी काटेको रगत देख्न भने छुटेको छ । टाढा टाढाको साइत गरेर हिडेका यात्रुहरुले समेत विहानै रगत बाटोमा देखेपछि सराप्दै हिड्नुपर्ने बाध्यता हटेको छ यो सकारात्मक कुरा हो ।
अव देखिएको समस्या सर्वसुलभ रुपमा मासु उपभोत्ताहरुले पाउनुपर्ने हो त्यसको व्यवस्थापन भने हुन सकेको देखिदैन् । त्यसका लागि दैलेख उद्योग बाणिज्य संघ र नारायण नगरपालिकाले ठोस नीति अवलम्वन गरि दिगो समाधान खोज्नुपर्ने देखिन्छ । नत्र पुरानै ताल सँधै मासु लिनेलाई उच्च मुल्य र कहिलेकाँही लिनेलाई मासुको हिसाव कितावनै नहुने समस्या सँधैभरी रहिरहने देखिन्छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार