महिलाहरुनै अग्रसर हुनपयो

राजनीति तातिएको बेला अहिले सवैका अधिकारहरुका बारेमा चर्का चर्का कुराहरु उठ्न थालेका छन् । किनकी जव चुनाव या अरु कुनै महत्वपुर्ण कुराहरु हुने गर्दछन् त्यतीवेला अलि बढी अधिकारको खोजी गर्ने चलन छ ।     यो स्भावीक पनि हो किनकी चुलो चौकोमा सीमीत हुने दैलेखका महिलाहरु यतीवेला चुनावी सरगर्मी सँगै आफ्ना मागहरु र अडानहरुलाई अगाडी बढाउन तल्लिन देखिएका छन् ।
जिल्लामा पार्टीमा महिलाहरुलाई दिएको सम्मान वा उपस्थितीलाई मध्यनजर गर्दा त्यसको बास्तविकता अलि परक देखिएको छ किनकी राजनीतिमा ३३ प्रतिशत महिलाहरुलाई सअभागि गराउने कानुनी व्यवस्था भैसकेको भएपनि दैलेखका पार्टीमा महिलाहरुको ३३ प्रतिशत अधिकार दिएको भेटीएको छैन् ।     यसले महिलाहरुको सहभागितालाई उल्लेख्य चासोको रुपमा दलहरुले स्वीकार नगरेका हुन् या महिलाहरुमानै यसको दक्षता नभएको हो दुईवटा कुराहरुलाई गम्भिर रुपमा विश्लेषण गर्नुपर्ने देखिएको छ ।
सवै पार्टीले प्रत्यक्षमा महिलाहरुको नाम सिफारिस   त गरेका छन् तर टिकट भन पुरुषहरुलाई मात्रै हुने कुरामा कुनै दुवीदा     देखिदैन् । प्रत्यक्षमा मात्र हैन दैलेखबाट समानुपातिकमा समेत महिलाहरुले अवसर पाउने कुरा देखिदैन किनकी यसमा दक्षताले र योग्यताले समस्या उत्पन्न हुने संकेत गर्दछ ।
अव अर्को कुरा अधिकार माग्ने सँगै जिल्लामा रहेका महिला नेतृत्वमा आएकाहरुले समेत आफ्नो दक्षलाई अँझै प्रभावकारी रुपमा अगाडी बढाउनुपर्ने पनि देखिएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार