पहाडी क्षेत्रमा बसोवास गर्ने मानिसहरुको मुख्य बालिको रुपमा रहेको मकैको उत्पादन बढाउने बारे दैलेख लगाएतका पहाडी जिल्लाहरुमा विगत तीन बर्षदेखी उन्नत मकै उत्पादन कार्यक्रम संचालन भएको छ ।
परम्परागत बालिले उत्पादन निकै कम दिने भएपछि मकैका विभिन्न उन्नत जातहरु लगाउन किसानाहरुका घर दैलोमा नयाँ विऊ र नयाँ प्रविधिको बारेमा जानकारी गराईएको छ । उत्पादन बढाउनु मात्रै नभएर उत्पादनको दिगो समाधान र त्यसवाट हरेक किसानहरुले पाउनुपर्ने सुविधा पाउने अवस्था भने अहिलेसम्म भएको देखिदैन् ।
दैलेख, अछाम र कालिकोटमा संचालन गरिएका यस्ता कार्यक्रमहरु कार्यक्रम सुरु हुँदा मात्रै लागु भएको जस्तो देखिने तर परियोजना सकिएर गएपछि त्यसको कुनैपनि प्रभाव नदेखिने समस्या जिल्लामा व्यपाक रुपमा देखिएको छ यसको अन्त्यका लागि आम परियोजना लागु कर्ताहरुले एकपटक गम्भिर भएर सोच्नुपर्ने बेला आएको छ । पहाडी मकै वाली परियोजनाले पनि यस्तो कुरालाई अनुसरण गरि यसको दिगो पना र आम कृषकहरु समक्ष यसको प्रत्यक्ष प्रभाव जमाउन सक्ने रणनीति अवलम्वन गर्नुपर्ने देखिएको छ । परियोजना सकिएको एक दुई बर्ष पछि पनि त्यसको प्रभाव सँगै दिगो समाधान र उपयोगको खोजी गरिदैन तवसम्म कुनै पनि क्रियाकलापहरु क्षेणीक बाहेक केही हुनेवाला छैनन् ।





