सवैमा पारदर्शिता भए दैलेख परिवर्तन गर्न संभव

दैलेख विगतदेखी राज्यको नजरबाट टाढा रहँदै आएको जिल्लामा पर्दछ यसमा कसैको दुईमत छैन् । तर राज्यको नजरबाट टाढा भयो भन्ने मात्रै नारा वनाईयो यसको लागि जनताले के गर्ने र राज्यले के गर्ने भन्ने वारे ठोस रणनीति भने बनाउन सकिएको छैन् ।
हाम्रो ठोस रणनीति बनाउन नसक्ने कमजोरीकै कारण राज्यले पनि यसको बारेमा चिन्ता गर्न नसकेको हो भन्ने तर्फ ध्यान दिन सकेको भए आजसम्म धेरै परिवर्तनका कुराहरु जिल्लामा हुने थिए र कतिपय कुराहरु निर्माण सम्पन्न भईसकेको अवस्थामा हुने थिए ।
दैलेखको पर्यटकीय क्षेत्र सुधारका नाममा आएका लाखौं रकम प्रत्येक बर्ष कागजमै सिमित हुने गरेका छन् दिगो लगानीका रुपमा लागु गरिएको देखिदैन् । अर्कोतर्फ हरेक विकासका नाममा र चेतना परिवर्तनका नाममा आएको रकमको मात्रै लेखाजोखा गर्ने हो भने दैलेखमा बर्षमा अरबौं रकम विभिन्न निकायहरुबाट भित्रिएको छ तर परिवर्तन भने कता हो कता गुम्सिएको अवस्थामा छ भने दिगो विकास ३ महिने भलमा वग्ने गर्दछ ।
दैलेखलाई दशबर्ष पछि निकै धेरै परिवर्तन गर्ने उद्देश्यका साथ दश बर्षे योजनाको तयारी गरिएको छ । यसको लागि जिल्लामा कार्यरत व्यपारिहरुले मात्र संभव देखिदैन् मुख्य रुपमा स्थानीय निकायको रुपमा रहेका जिल्ला विकास समिति र नारायण नगरपालिका अनि ५५ वटै गाउँ विकास समिति । अर्कोतर्फ स्थानीय निकायको भन्दा दुईगुना तीनगुना बढी रकम खर्च गर्ने गैर सरकारी संघ संस्थाहरु यिनीहरुले पनि पारदर्शीतालाई महत्वका साथ अगाडी बढाउँदै दैलेख परिवर्तनको नारालाई आत्मसाथ गरि हाम्रो दैलेख र राम्रो दैलेख भनेर अगाढी नबढेसम्म दैलेख परिवर्तन असंभव देखिन्छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार