चुनावी माहोललाई सवैले साथ दिनुपर्छ

जनताको संविधान बनाउन भनेर पहिलो पटक छानेर पठाएका सभासदहरुका कारणले भन्दा पनि दलका केही शिर्ष नेतृत्वको आपसी हटका कारण नेपालमा नयाँ संविधान वन्न नसकेको सवैलाई थाहा नै भएको कुरा हो । नेपाल र नेपालीहरुको भाग्य र भविष्यसँग जोडिएको दोस्रो संविधान सभाको चुनावका बारेमा समेत अहिले उत्पन्न भएको बेमेल परिस्थितीले पक्कै पनि पुनः यो देशमा दिगो शान्ति हुन नदिने संकेत गरिरहेको देखिएको छ । आफ्नो हातमा आएको सत्ता अरुलाई सुम्पिएका नेतपालका दलहरुले कित बैद्य समुह सहितको ३३ दलियो मोर्चाले भनेको कुरा तर्फ पुनः गोलमेच सभातर्फ जानुपर्ने देखिन्छ कि त चुनावै गरेर दलहरुद्धारा गठिन नयाँ सरकार बनाउनुपर्छ यो बाहेक अन्य कुनै पनि विकल्प देखिएको छैन् ।
पछिल्लो समयमा देखिएको दलहरुको आपसी असमझदारीकै कारण जनताहरुले कानुन निर्माण गर्ने महत्वपुर्ण अवसर गुमाएका छन् भने अव निर्वाचन लगभग हुने निश्चित भएका वेला पुनः सरकार विघटन गरेर अर्को निकास खोज्ने वा अव कसको नेतृत्वमा सरकार हुने भन्ने टुँगो नलागेका बेला बैद्य माओवादीले गरेको बिषयपनि समय सान्र्दभिक नहुने हो कि भन्ने चर्चा समेत चलिरहेको छ ।
जे होस् जनताका हक र अधिकारलागि भनेर पुनः सुरु गर्न थालिएको संविधान सभा निर्वाचनमा मुलुकभरका सवै पार्टीहरुसँग एकता कायम गरि चुनावी वातावरण बनाउनुपर्ने देखिएको छ । जिल्ला जिल्लामा चुनावी रन्को चलिसकेका वेला पुनः यसलाई रोक्ने भन्दापनि सहज कसरी हुन्छ त्यसको खोजी गर्नु अहिलेको आवश्यकता हो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार